Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङले स्थापना गर्‍यो पाँच शैयाको आधारभुत अस्पताल

    दिप्रुङले स्थापना गर्‍यो पाँच शैयाको आधारभुत अस्पताल


    • आइतवार, चैत्र १८ २०८०

    • सुर्य तामाङ


    दिप्रुङले स्थापना गर्‍यो पाँच शैयाको आधारभुत अस्पताल
    आधारभुत अस्पताल उद्घाटन गर्दै संविधानसभा सदस्य हरि रोका । तस्बीरः सुर्य तामाङ

    खोटाङ, १८ चैत । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पाँच शैयाको आधारभुत अस्पताल स्थापना गरेको छ । आवश्यक पुर्वाधार, स्वास्थ्यकर्मी तथा औषधि व्यवस्थापन गरेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँको ओख्रेमा आधारभुत अस्पताल सुरु गरेको हो ।

    स्वास्थ्यचौकी डाँडागाउँ, ओख्रेमा स्थापना गरिएको आधारभुत अस्पताल आइतबार संविधानसभा सदस्य हरि रोकाले उद्घाटन गरेका थिए । स्वास्थ्य सेवाका लागि जिल्ला अस्पताल वा अन्य जिल्लाका अस्पतालमा जानुपर्ने वाध्यतालाई मध्यनजर गर्दै ३० लाखको खर्चमा आधारभुत अस्पताल स्थापना गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।

    आधारभुत अस्पतालमा मेडिकल अधिकृत डा. मन्दीप उप्रेतीको नेतृत्वमा १४ जना स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । आधारभुत अस्पतालबाट फार्मेसी सहितको इमरजेन्सी, ओपिडी, ल्याव, प्रसूति लगायतका स्वास्थ्य सेवा सुरु भएपछि पालिकाबासी उत्साहित छन् ।

    “हेल्लो डाक्टर” कार्यक्रम आधारभुत अस्पतालको मातहत

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सुरु गरेको “हेल्लो डाक्टर” कार्यक्रमलाई आधारभुत अस्पतालको मातहतमा ल्याइएको छ । गत भदौ १ गतेदेखि सुरु गरिएको “हेल्लो डाक्टर” कार्यक्रमलाई आधारभुत अस्पतालको मातहतमा सञ्चालन गर्ने/गराउने व्यवस्था गरिएको हो ।

    तत्काल स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्ने अवस्थाका गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्या भएका नागरिकलाई घरैमा प्राथमिक स्वास्थ्य सेवा तथा परामर्श सेवा प्रदान गर्नेगरी “हेल्लो डाक्टर” कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार