Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खयर बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाईते

    खयर बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाईते


    • शनिवार, चैत्र १७ २०८०

    • नेपाल वाइड


    खयर बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाईते
    सांकेतिक तस्बीर

    खोटाङ, १७ चैत । खोटाङमा खयर बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित रुम्दुबाट खयर बोकेर रसुवाघाटतर्फ जाँदै गरेको मे १ त ८५९७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरका चालक बुद्धशान्तिनगर नगरपालिका–४ का अमृत लिम्बूको मृत्यु भएको हो ।

    बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकै भिरगाउँस्थित खोल्सामा पुगेपछि अनियन्त्रित भएको ट्याक्टर सडकबाट करिब सात सय मिटर तल खस्दा चालक लिम्बुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।

    घट्नाको विषयमा जानकारी पाए लगत्तै प्रहरीचौकी बराहपोखरीबाट प्रहरी हवल्दार धनबहादुर बिष्टको नेतृत्वमा खटिएको प्रहरीले चालक लिम्बुलाई सडकबाट करिब पाँच सय मिटर तल भीरमा मृत अवस्थामा फेला पारेका थिए । दुर्घटनामा ट्याक्टरमा सवार बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका मुकेश मगर गम्भीर घाईते भएका छन् ।

    टाउको र शरीरका विभिन्न भागमा चोट लागेका मगरलाई उपचारका लागि उदयपुरको गाईघाटतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    सम्बन्धित समाचार