Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लफ्याङमा भलिबल, नृत्य र गायन प्रतियोगीताको तयारी

    लफ्याङमा भलिबल, नृत्य र गायन प्रतियोगीताको तयारी


    • बिहिवार, चैत्र १५ २०८०

    • नेपाल वाइड


    लफ्याङमा भलिबल, नृत्य र गायन प्रतियोगीताको तयारी
    फाइल तस्बीर

    खोटाङ, १५ चैत । नयाँ वर्षको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा साविक वडा स्तरिय खुला पुरुष भलिबल, नृत्य र गायन प्रतियोगीताको तयारी गरिएको छ । खोटाङ स्पोर्टस क्लवको आयोजनामा लफ्याङकै बास्तोला गाउँमा आगामी बैसाख ३ गतेदेखि बैसाख ५ गतेसम्म प्रतियोगीता गर्न लागिएको हो ।

    भलिबलतर्फ प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई क्रमशः नगद ३५ हजार, २० हजार र ११ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने खोटाङ स्पोर्टस क्लवका अध्यक्ष जितेन राईले बताए ।

    भलिबलमा शान्त्वना स्थान प्राप्त गर्ने टिमले नगद ५ हजारको साथमा प्रमाण–पत्र पाउनेछन् । प्रतियोगीताका सर्वोत्कृष्ट खेलाडीलाई २ हजारको साथमा मेडल र प्रमाण–पत्र, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो र उदीयमान खेलाडीलाई जनही १ हजारका साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    नृत्यतर्फ प्रथम हुने प्रतिभालाई नगद ३ हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने अध्यक्ष राईले बताए ।

    यस्तै, दोश्रो स्थान प्राप्त गर्ने प्रतिभाले २ हजार र तेश्रो हुने प्रतिभाले १ हजारका साथमा मेडल र प्रमाण–पत्र पाउने छन् । यस्तै, गायनतर्फ प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीलाई नगद ३ हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र, दोश्रो हुने प्रतिभालाई नगद २ हजारका साथमा मेडल र प्रमाण–पत्र तथा तेश्रो हुने प्रतिभालाई एक हजारको साथमा मेडल र प्रमाण–पत्र प्रदान गर्ने क्लवले जनाएको छ ।

    प्रतियोगीताका लागि बैसाख ३ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार