आइतवार, चैत्र ११ २०८०
नेपाल वाइड
खोटाङ, ११ चैत । विश्व क्षयरोग दिवसको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमपछि रंग दलेर होली मनाइदै । अन्तरक्रिया लगत्तै आपसमा रंग दलेर लड्डु बाँडेर होली मनाइएको थियो ।

वडाध्यक्ष नवराज राई र दिनेशकुमार घिमिरेले अन्य सहभागीलाई रंगको टिका लगाइदिएका थिए । आइतबार पहाडी जिल्लामा धुमधामका साथ होली मनाइदैछ ।

