Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पाठेघरको समस्या भएका १६ महिलालाई दिप्रुङ चुईचुम्माले पुर्‍यायो अस्पताल

    पाठेघरको समस्या भएका १६ महिलालाई दिप्रुङ चुईचुम्माले पुर्‍यायो अस्पताल


    • मंगलवार, चैत्र ६ २०८०

    • नेपाल वाइड


    पाठेघरको समस्या भएका १६ महिलालाई दिप्रुङ चुईचुम्माले पुर्‍यायो अस्पताल
    तस्बीरः दिप्रुङ चुईचुम्मा गाउँपालिका ।

    खोटाङ, ६ चैत । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पाठेघरको समस्या भएका महिलालाई उपचारका लागि अस्पताल लगेको छ । गत माघमा वडा–वडामा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य रुग्नता सम्वन्धी स्क्रीनिङ शिबिरमार्फत पहिचान गरिएका १६ बिरामीलाई अप्रेसनका लागि गाउँपालिकाले प्रशुतीगृह थापाथली लगेको हो ।

    प्रजनन स्वास्थ्य रुग्नता सम्वन्धी स्क्रीनिङ शिबिरमार्फत अप्रेसनका लागि १७ जनालाई रेफर गरिएकामा एक जनाले व्यक्तीगत कामका लागि भारत गएकाबेला उपचार गराइसकेकाले १६ जनालाई सोमबार थापाथली पुर्‍याइएको गाउँपालिकाका महिला विकास निरिक्षक ओमसरा राईले बताईन् ।

    पाठेघरको समस्या भएका महिलालाई गाउँपालिकाले निःशुःल्क उपचार गर्नेगरी गाडीको व्यवस्था गरेर काठमाडौं लगेको हो । पाठेघरको समस्या भएका महिलाको अप्रेसनका लागि गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगर, सिनियर अनमी निरिक्षक चन्द्रमायाँ राई, महिला विकास निरिक्षक राई लगायत काठमाडौं पुगेका छन् ।

    अस्पताल लगिएका सबै बिरामीकोे प्रारम्भिक स्वास्थ्य जाँच गरिसकिएको छ । सिनियर अनमी निरिक्षक राईका अनुसार अल्ट्रासाउण्डको रिपोर्ट पनि आइसकेको छ । पाठेघरको मुखको पानीको जाँचको रिपोर्ट आउन हप्ता दिन समय लाग्ने सिनियर अनमी निरिक्षक राईले बताईन् । आठ जनालाई प्रेसर र एक जनालाई थाइराइडको समस्या देखिएकाले थप रगत परीक्षण गर्ने तयारी गरिएको छ । सबै परीक्षणको रिपोर्ट आएपछि अप्रेसन गर्ने टुंगो लाग्ने गाउँपालिकाले जनाएको छ । एक जनाको भने पाठेघरको मुखमा घाउ देखिएकाले घाउ निको भएपछि मात्रै उपचार हुने सिनियर अनमी निरिक्षक राईले बताईन् ।

    पाठेघरको समस्या भएका महिलाको पहिचान गरेर उपचार व्यवस्था मिलाउने तथा पाठेघरको समस्या हुन नदिन सचेत गराउने लक्ष्यका साथ गाउँपालिकाले गत माघ ७ गतेदेखि माघ १५ गतेसम्म वडा–वडामा प्रजनन स्वास्थ्य रुग्नता सम्वन्धी स्क्रीनिङ शिबिर आयोजना गरेको थियो । 

    सम्बन्धित समाचार