Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सोल्मामा तोरी पेल्ने मिल सञ्चालन

    सोल्मामा तोरी पेल्ने मिल सञ्चालन


    • सोमवार, चैत्र ५ २०८०

    • नेपाल वाइड


    सोल्मामा तोरी पेल्ने मिल सञ्चालन
    तस्बीरः दमन राई

    खोटाङ, ५ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका किसान दिपेन्द्र किरातीले तोरीको तेल निकाल्ने मिल सञ्चालनमा ल्याएका छन् । नगरपालिकाको ७५ प्रतिशत अनुदानमा सोल्माली कृषि तथा पशुपंक्षी बहुउद्धेश्यीय फर्मका व्यवस्थापक राईले तोरी पेल्ने मिल सञ्चालनमा ल्याएका हुन् ।

    तोरी पेल्ने मिल सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईले स्वीच थिचेर उद्घाटन गरेका थिए । नगरपालिकाको ६ लाख (कन्टिन्जेन्सी कटाएर ५ लाख ५७ हजार) र सोल्माली कृषि तथा पशुपंक्षी बहुउद्धेश्यीय फर्मको १ लाख ८० हजार खर्चमा मिल घर तयार गरेर सञ्चालनमा ल्याइएको हो ।

    जिल्लाका किसानले उत्पादन गरेका तोरी खरिद गर्ने र शुद्ध तेल निकालेर सहुलियत दरमा ग्राहकलाई विक्रीवितरण गर्नेगरी आयल प्रेस मेसिन खरिद गरेर सञ्चालनमा ल्याइएको सोल्माली कृषि तथा पशुपंक्षी बहुउद्धेश्यीय फर्मका व्यवस्थापक राईले बताए । राईले अनुदानको रकमले मेसिन गरिद गरेका हुन् । मिल राख्ने घर भने आफ्नै खर्चमा तयार पारेका हुन् ।

    oil mill at solma (ii).jpg

    मिलका लागि स्थानीय किसानबाट प्रतिकेजी ११० रुपैयाँका दरले तोरी खरिद गर्ने गरिएको राईले बताए । उत्पादन गरिएको तेल प्रतिलिटर ४५० का दरले बिक्री वितरण सुरु गरिएको छ । तोरी अपुग भए तराई र काठमाडौंबाट ल्याइने व्यवस्थापक राईले बताए ।

    तोरीको तेल निकालेपछि निस्कने पिनालाई गाईवस्तुलाई खोले खुवाउन, माछालाई चारोका रुपमा दिन र मलका रुपमा प्रयोग हुने गरेको छ । हाल तेल र पिनाको माग आइरहेको राईले बताए । ‘तोरी उत्पादन गर्ने किसानले बजारको चिन्ता लिनु पर्दैन, मिलका लागि खरिद गरिदिन्छौँ,’ व्यवस्थापक राईले भने, ‘तोरीको तेल उत्पादन गर्दा तोरी खेती गर्ने किसानलाई प्रोत्साहन मिल्ने अपेक्षा गरेका छौँ ।’ 

    oil mill at solma (iii).jpg

    सम्बन्धित समाचार