Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    डढेलोले मात्तिममा मतान घर जल्यो, डुम्रेधारापानीमा चराउन छाडिएको खसी बाख्रा परे

    डढेलोले मात्तिममा मतान घर जल्यो, डुम्रेधारापानीमा चराउन छाडिएको खसी बाख्रा परे


    • सोमवार, चैत्र ५ २०८०

    • नेपाल वाइड


    डढेलोले मात्तिममा मतान घर जल्यो, डुम्रेधारापानीमा चराउन छाडिएको खसी बाख्रा परे

    खोटाङ, ५ चैत । खोटाङमा डढेलोले एउटा मतान घर र दुई गोठ जल्दा लाखौंको क्षती भएको छ । साकेला गाउँपालिका–५ मात्तिम गुर्दुमस्थित नाकेडाँडा सामुदायीक वनमा लागेको डढेलोले सोमबार स्थानीय बुद्धिमायाँ राईको मतान घर र गोठ जलेको छ ।

    राईको घरको रुपमा प्रयोग हुँदैआएको मतान सहित लत्ताकपडा, भाँडावर्तन, काठपात र गोठ जल्दा ३ लाख ४५ हजारको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिए ।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पातीहातेलस्थित नमूना सामुदायीक वनमा लागेको डढेलोले सोमबार भुपाल घिमिरेको गोठ जलेको छ । गोठ तथा गोठमा राखिएका पराल, मकै, काठपात जल्दा घिमिरेको एक लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

    डढेलोले रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुर्यबहादुर निरौलाको चराउन लगेको खसी बाख्रा डढेर मरेको छ । स्थानीय कालिका भगवती सामुदायीक वनमा लागेको डढेलोले आइतबार चराउन छाडिएको एउटा खसी, दुई बोका र तीन बाख्रा डढेको हो । निरौलाको खसी बाख्रा डढ्दा एक लाख बराबरको क्षती भएको छ ।

    प्रहरीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको वानम्लास्थित आमका सुखासे सामुदायीक वन र रावाबेँसी गाउँपालिका–२ खार्पास्थित पातल सामुदायीक वनमा डढेलो लागिरहेको छ । प्रहरी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

    सम्बन्धित समाचार