Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    डढेलोले राजापानीमा घर र मतान जल्यो, एक जनाको खुट्टा मर्कियो

    डढेलोले राजापानीमा घर र मतान जल्यो, एक जनाको खुट्टा मर्कियो


    • आइतवार, फाल्गुण २७ २०८०

    • नेपाल वाइड


    डढेलोले राजापानीमा घर र मतान जल्यो, एक जनाको खुट्टा मर्कियो
    खोटाङको लिच्कीराम्चेस्थित खैरेनी सामुदायीक बनमा लागेको डढेलो । फाइल तस्बीरः दमन राई

    खोटाङ, २७ फागुन । जंगलमा लागेको डढेलोले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी पांग्रेका सुमित्रा राईको दुई वटा घर र मतान जलेको छ । स्थानीय असोजे सामुदायीक वनमा लागेको डढेलोले राईको दुई तले दुई वटा घर र एक तले एउटा मतानको छाना जलेको हो । यस्तै, एउटा गोठ जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले बताए । आगो नियन्त्रणमा लिने क्रममा स्थानीय भबिन राईले बायाँ खुट्टा मर्किएको प्रहरीले जनाएको छ ।

    शनिबार दिउँसो साँढे तीन बजे सामुदायीक वनमा लागेको डढेलोले घर जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ११ जना, ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरिक्षकको कामाण्डमा ९ जना, प्रहरीचौकी बुईपाबाट २ जना, प्रहरी चौकी नुनथलाबाट २ जना र प्रहरीचौकी अर्खौलेबाट २ जना गरी २८ जनाको टोली खटिएका थिए ।

    स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि प्रहरीको टोली आ–आफ्नै कार्यालय फर्किएका छन् ।

    यस्तै, गाईवस्तुलाई खोले पकाउने क्रममा सल्किएको आगोले ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल नैसालाका मदन दाहालको घर जलेको छ । घर नजिकै रहेको गोठमा गाईवस्तुका लागि खोले पकाउने क्रममा बालेको आगो सल्किँदा दाहालको ढुंगा माटोको पर्खाल र टिनको छाना भएको तीन तले घर जलेको हो ।

    आगोले गुवाली जल्दा दुई वटा बाख्रा पनि जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीमा दाहालको नगद ७० हजार, लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न, कागजपत्र लगायत जलेको छ ।

    सम्बन्धित समाचार