Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेल बहुमुखी क्याम्पसको क्यूएए फड्कोः गुणस्तरिय शिक्षाका लागि ‘क्वालिफाईड’

    दिक्तेल बहुमुखी क्याम्पसको क्यूएए फड्कोः गुणस्तरिय शिक्षाका लागि ‘क्वालिफाईड’


    • मंगलवार, फाल्गुण २२ २०८०

    • नेपाल वाइड


    दिक्तेल बहुमुखी क्याम्पसको क्यूएए फड्कोः गुणस्तरिय शिक्षाका लागि ‘क्वालिफाईड’
    तस्बीरहरुः दमन राई

    खोटाङ, २२ फागुन । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले बिश्व विद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेकोमा खुसी साटेको छ । बिश्व विद्यालय अनुदान आयोगको बोर्डको गत पुस १९ गतेको निर्णय अनुसार गत माघ १२ गते क्यूएएमा प्रत्यायनकृत भएको प्रमाण–पत्र प्राप्त गरेको क्याम्पसले मंगलबार कार्यक्रम गर्दै सरोकारवालासँग खुसी साटेको हो ।

    क्याम्पसले औपचारिक रुपमा क्यूएए प्राप्ती गरेको जानकारी दिँदै क्यूएए प्राप्त गर्न पहल र प्रयास गर्ने सबैलाई धन्याद दिँदै वधाई ज्ञापन गरेको छ । क्यूएएमा फड्को मार्नका लागि २०७१ सालदेखि प्रयास थालेको दिक्तेल बहुमुखी क्याम्पसले यस वर्ष बिश्व विद्यालय अनुदान आयोगबाट क्यूएएको प्रमाण–पत्र प्राप्त गरेको हो ।

    क्यूएएको प्रमाण–पत्र प्राप्त गरेसँगै दिक्तेल बहुमुखी क्याम्पस पुर्वी पहाडमा गुणस्तरिय उच्च शिक्षा प्रदान गर्न योग्य पूष्टि भएको दिक्तेल बहुमुखी क्याम्पसका प्रमुख हिराकुमार राईले बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले प्रमुख उद्घाटन गरेका थिए । 

    QAA-diktel campush (i).jpg

    क्यूएए प्रदान गर्नका लागि बिश्व विद्यालय अनुदान आयोग इजुकेसनल क्वालिटी एसुरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यु टिमले गत जेठ २८ गतेदेखि असार १ गतेसम्म दिक्तेल क्याम्पसमा फाइनल एसेसमेन्ट गरेको थियो । जिल्लाकै ज्येष्ठ र अग्रणी क्याम्पसले क्यूएए प्राप्तीका लागि २०७६ सालमा स्वअध्ययन प्रतिबेदन बुझाएको थियो ।

    क्यूएए प्राप्तीबाट उत्साहित दिक्तेल बहुमुखी क्याम्पसले हप्ता दिनअघि मात्र च्यास्मीटार माबि, चम्पावती माबि बुईपा र सरस्वती मावि पाथेकामा समुदायमा पहुँच कार्यक्रम गरेको थियो । यस्तै, क्यूएएबाट क्वालिफाईड भएको प्रमाण–पत्र पाएको विषयमा जानकारी दिन जिल्लाका विभिन्न माविमा प्रचारात्मक कार्यक्रम गरिएको क्याम्पस प्रमुख राईले बताए । 

    QAA-diktel campush (ii).jpg

    २०३७ सालमा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो । दिक्तेल बहुमुखी क्याम्पसमा खोटाङ बाहेक ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् ।

    सम्बन्धित समाचार