Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटेहाङः डढेलोले खायो घर र मतान

    खोटेहाङः डढेलोले खायो घर र मतान


    • सोमवार, फाल्गुण २१ २०८०

    • नेपाल वाइड


    खोटेहाङः डढेलोले खायो घर र मतान

    खोटाङ, २१ फागुन । खरबारीमा लागेको डढेलोले खोटाङमा एक घर र एक मतान जलाएको छ । घरभन्दा केही तलको खरबारीमा लागेको डढेलोको झिल्कोले खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका महेश जनकर्मीको घर र उमेश जनकर्मीको मतान जलेको हो ।

    सोमबार खरबारीमा लागेको डढेलोको झिल्को हावाले उडाएर खरको छानामा पुर्‍याएपछि घर र मतान जलेको सावाकटहरेका वडाध्यक्ष जेफर राईले बताए ।

    हावाले उडाएर ल्याएको आगोको झिल्कोले सुरुमा उमेशको मतान र त्यसपछि महेशको घर जलाएको हो । उमेशको मतान जले पनि घर भने आगलागीबाट जोगिएको छ । घर जलेपछि महेशको दुई जनाको परिवार पूर्णरुपमा विस्थापित भएका छन् । खरबारीमा डढेलो लगाउनेको पहिचान नभएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार