Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    व्यानर झुण्ड्याइएको बेलुन उडाएर अण्डर–२३ वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता उद्घाटन

    व्यानर झुण्ड्याइएको बेलुन उडाएर अण्डर–२३ वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता उद्घाटन


    • आइतवार, फाल्गुण १३ २०८०

    • नेपाल वाइड


    व्यानर झुण्ड्याइएको बेलुन उडाएर अण्डर–२३ वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता उद्घाटन
    व्यानर झुण्ड्याइएको बेलुन उडाएर अण्डर–२३ वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय । तस्बीरः दमन राई

    खोटाङ, १२ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा अण्डर–२३ चौथो वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता सुरु भएको छ । २०७० सालमा स्थापना गरिएको सोल्मा स्पोर्टस् क्लवको आयोजनामा आइतबारदेखि २३ वर्षमुनिको चौथो वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता सुरु गरिएको हो । स्थानीय सोल्मा खेलमैदानमा प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले ‘चौथो वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता’ उल्लेख भएको व्यानर झुण्ड्याइएको बेलुन उडाउँदै प्रतियोगीता उद्घाटन गरेकी छन् ।
    सम्भावना बोकेका ‘जुनियर’ खेलाडीलाई लक्षित गर्दै क्लवले अण्डर–२३ वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता आयोजना गरेको हो । आगामी फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा १२ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगीताका विजेता टिमले नगद १ लाख २२ हजार २२२, उपविजेता हुने टिमले ७१ हजार १११ तथा दुई सेमीफाइनलिष्ट टिमले प्रतिटिम ३५ हजार ५५५ रुपैयाँ पाउने सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । यस्तै, अनुसासित टिमलाई ५ हजार ५५५ र बेष्ट प्लेयरलाई ५ हजार ५५५ प्रदान गरिने छ । प्रतियोगीताका बेष्ट किपर, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र राइजिङ प्लेयरले जनही ३ हजार ३३३ प्रदान गर्ने क्लवले जनाएको छ ।
    खेलमा सहभागी भएवापत हरेक टिमलाई प्रोत्साहन स्वरुप ५ हजार, पहिलो चरणमा बिजयी हुने टिमलाई थप ४ हजार, दोश्रो चरणमा बिजयी हुँदा थप ५ हजार र तेश्रो चरणमा विजयी हुने मलाई थप ६ हजार प्रदान गर्ने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए ।
    भेट्रान्सतर्फको प्रतिष्पर्धाका कारण अण्डर–२३ को प्रतियोगीताको उद्घाटन खेल भने सोमबारदेखि मात्रै हुने भएको छ । अण्डर–२३ को पहिलो खेल सोमबार बिहान ११.३० बजेदेखि नेर्पा र इन्द्रेणीपोखरीबीचमा हुने क्लवका सह–सचिव अमर श्रेष्ठले बताए । भेट्रान्सतर्फ सोल्मा स्पोर्टस् क्लव र दिक्तेल रुपाकोट मझुवागढी विजयी भएका छन् । नेर्पालाई हराउँदै सोल्मा र जिल्ला अस्पताललाई हराउँदै नगरपालिका बिजयी भएको हो । सोल्मा र नगरपालिकाबिचको फाईनल खेल फागुन १९ गते हुने छ । भेट्रान्सका विजेताले १० हजार र उपविजेताले ५ हजार पाउने आयोजकले जनाएको छ ।
    प्रतियोगीता उद्घाटनका क्रममा बेलुनमा झुण्ड्याएर उडाइएको व्यानर भेटेर सम्पर्क गर्नेलाई ५ हजार ५५५ प्रदान गर्ने घोषणा गरिएको छ ।
    गाउँमा फुटबलको व्यवसायीक बिकासमा टेवा पुर्‍याउने उद्धेश्यकासाथ स्थानीयको अग्रसरतामा सोल्मामा गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ । यसपल्ट भने ‘जुनियर’ खेलाडी उत्पादन गर्ने र अवसर दिने लक्ष्यका साथ अण्डर–२३ वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता आयोजना गरिएको अध्यक्ष राईले बताए । प्रतियोगीता समापनको दिन एक जना पत्रकारलाई ५ हजार ५५५ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने क्लवले जनाएको छ । 

    football by solma sports club (ii).jpg

     

    football by solma sports club (iii).jpg

    football by solma sports club (iv).jpg

    सम्बन्धित समाचार