Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाक्सिला रनिङ गोल्डकपको प्रथम पुरस्कार भगवती स्पोर्टस क्लव खोटाङबजारले उचाल्यो

    बाक्सिला रनिङ गोल्डकपको प्रथम पुरस्कार भगवती स्पोर्टस क्लव खोटाङबजारले उचाल्यो


    • आइतवार, फाल्गुण ६ २०८०

    • नेपाल वाइड


    बाक्सिला रनिङ गोल्डकपको प्रथम पुरस्कार भगवती स्पोर्टस क्लव खोटाङबजारले उचाल्यो
    तस्बीरः पंकी राई

    खोटाङ, ६ फागुन । खोटाङको प्रतिष्ठित र सबैभन्दा ज्येष्ठ बाक्सिला रनिङ गोल्डकपको प्रथम पुरस्कार भगवती स्पोर्टस क्लव खोटाङबजारले जितेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्बी माबिको खेलमैदानमा आइतबार सम्पन्न फाइनल प्रतिष्पर्धामा आयोजक बाक्सिला फुटबल क्लव (ब्लु)लाई हराउँदै भगवती स्पोर्टस क्लवले प्रथम पुरस्कार जितेको हो ।

    निर्धारित समयभित्र दुबै टिमबाट एक–एक गोल मात्रै भएपछि टाईब्रेकरमार्फत विजेता र उपविजेताको टुंगो लगाइएको थियो । टाईब्रेकरमा बाक्सिला फुटबल क्लव (ब्लु)ले ४ गोल गर्दा भगवती स्पोर्टस क्लव खोटाङबजारले ५ गोल गरेको थियो । हारसँगै बाक्सिला फुटबल क्लव (ब्लु) उपविजेता बनेको छ ।

    बाक्सिला फुटबल क्लवको आयोजनामा भएको प्रतियोगीतामा नेर्पा स्पोर्टस क्लव नेर्पा र खारम्बु स्पोर्टस क्ल्व, खार्मी सेमिफाइनलिष्ट बनेको छ । प्रतियोगितामा विजेता बन्न सफल टिमलाई नगद २ लाख ५५ हजार २१२ र उपविजेतालाई १ लाख २८ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको बाक्सिला फुटबल क्लवका अध्यक्ष शिबकुमार राईले बताए । दुई सेमीफाइनलिष्ट टिमलाई प्रतिटिम ६० हजार प्रदान गरिएको छ । प्रतियोगीताको पहिलो खेलमा पराजित भएर बाहिरिने टिमलाई पनि प्रतिटिम नगद ३० हजार प्रदान गरिएको छ । विजेता टिम र खेलाडीलाई अखिल नेपाल फुटबल संघका प्रदेश अध्यक्ष एबं केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राई र केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले पुरस्कार हस्तान्तरण गरेका थिए ।

    मोफसलमा फुटबलको व्यवसायीक विकासका लागि २०६१ सालदेखि सुरु गरिएको बाक्सिला गोल्डकपको १२ औं संस्करण फागुन २ गतेदेखि सुरु गरिएको थियो । गोल्डकपमा जिल्लाका आठ टिमको सहभागीता रहेको थियो । जिल्लामा व्यवसायीक रुपमा खेलिरहेका खेलाडीलाई अवशर मिल्नेगरी गोल्डकप आयोजना गरिएको बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले बताए ।

    २०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दैआएको छ । चन्दाकैभरमा प्रतियोगीता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा प्रतियोगीता आयोजना गरेको हो ।

    ११ औं बाक्सिला रनिङ गोल्डकपको उपाधि आयोजक बाक्सिला फुलबल क्लबले उचाल्दा सोल्मा स्पोर्ट क्लब सोल्मा उपविजेता बनेको थियो ।

    सम्बन्धित समाचार