Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    उमेरमा कुटपिट, बुढेसकालमा जेल

    उमेरमा कुटपिट, बुढेसकालमा जेल


    • बिहिवार, फाल्गुण ३ २०८०

    • नेपाल वाइड


    उमेरमा कुटपिट, बुढेसकालमा जेल

    खोटाङ, ३ फागुन । जिल्ला प्रहरी कार्यालय खोटाङले कुटपिट मुद्धामा ३० वर्षदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । कुटपिट मुद्धामा जिल्ला अदालत खोटाङबाट दुई वर्ष कैंद र दुई हजार पाँच सय जरिवाना तोकिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका ७६ वर्षीय तीर्थबहादुर बस्नेतलाई पक्राउ गरेको हो । जिल्ला अदालतबाट दोषी ठहर बस्नेतलाई उदयपुरको त्रियुगा नगरपालिका–९ गैरूनबाट फागुन ३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले बताए ।

    कुटपिट मुद्धामा बस्नेतलाई जिल्ला अदालतले २०५० असार २१ गते कैंद तथा जरिवाना हुने फैसला सुनाएको थियो । घटना सेलाइसकेको बेला उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनाकाबेला उनी ४६ वर्षका थिए । पक्राउ परेका बस्नेतलाई जिल्ला अदालतमा पेश गरेर कैंद भुक्तानका लागि जिल्ला कारागार शाखा दिक्तेलमा पठाइएको प्रहरीले जनाएको छ । उनले जेल जानुअघि जरिवाना रकम भने तिरेका छन् ।

    सम्बन्धित समाचार