Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अघि बढ्यो धाप्लाङ–धर्तुङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतीको काम

    अघि बढ्यो धाप्लाङ–धर्तुङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतीको काम


    • बुधवार, फाल्गुण २ २०८०

    • नेपाल वाइड


    अघि बढ्यो धाप्लाङ–धर्तुङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतीको काम
    धाप्लाघाट-बिचशंखे खाकरगैरा सडक खण्डमा ढलान गरिँदै ।

    खोटाङ, १ फागुन । खोटाङको बराहपोखरी गाउँपालिकाको धाप्लाङ–धर्तुङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतीको काम थालिएको छ । क्रमागत योजना अन्तरगत संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाले धाप्लाङ–धर्तुङ–सिन्ताङ–बराहपोखरी सडकको दुई खण्ड स्तरोन्नतीको काम थालेको हो ।

    प्रदेश सरकार र गाउँपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशंखे खाकरगैरा तथा चेकेथुम खण्डको सडक स्तरोन्नतीको काम थालिएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।

    बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने दुबै खण्डमा ग्याविन, वाल निर्माण, मेसीनरी वाल, ड्रेन निर्माण, कजवे, आरसिसी ढलान, ग्राभेल फिलिङ लगायतका काम भइरहेको छ ।

    डिजिएस/देउपुर/जेविटीएम जेभी, काभ्रेपलाञ्चोकले ठेक्का लिएको धाप्लाङघाटदेखि बिचशंखे खाकरगैरा सडक स्तरोन्नतीको काम ६२ प्रतिशत सम्पन्न भइसकेको छ । डिजिएस/देउपुर/जेविटीएम जेभीले आगामी २०८१ बैसाख मसान्तसम्ममा सक्नेगरी गत पुस ८ गते सडक स्तरोन्नतीको ठेक्का सम्झौता गरेको थियो ।

    3.jpg

    मूल्य अभिवृद्धि कर सहित १ करोड ७२ लाख ४१ हजार २४४ मा कार्यदेश लिएको निर्माण कम्पनीले रनिङ बिलमार्फत गत माघ १५ गते १ करोड ६ लाख ९७ हजार ६२३ भुक्तानी लिइसकेको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले बताए ।

    सो खण्डमा २ हजार ५०८ घनमिटर माटो कटिङ, ४३.३८ घनमिटर ब्रेकर, ३१३ घनमिटर ढुंगा सोलिङ, ६८४ घनमिटर ग्याविन, १६० मिटर ढलान लगायतका काम गर्ने सम्झौता छ ।

    यस्तै, संघीय सरकारसँगको लागत साझेदारीमा सुरु गरिएको चेकेथुम खण्डको सडक स्तरोन्ततीको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । मुल्य अभिवृद्धि कर सहित ७७ लाख ११ हजार ९४० मा सक्नेगरी खोटाङकै शान्ति भूमि कन्स्ट्रक्सन प्रालिले चेकेथुम खण्डको सडक स्तरोन्नतीको ठेक्का लिएको हो । शान्ति भूमि कन्स्ट्रक्सनले २०८० बैसाख मसान्तसम्ममा सक्नेगरी गत मंसिर २२ गते ठेक्का सम्झौता गरेको थियो ।

    2.jpg

    सम्बन्धित समाचार