Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    काठमाडौं मेडिकल कलेजले खोटाङका पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने

    काठमाडौं मेडिकल कलेजले खोटाङका पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने


    • बिहिवार, माघ १८ २०८०

    • नेपाल वाइड


    काठमाडौं मेडिकल कलेजले खोटाङका पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने
    छुट दिने समझदारीपत्रमा हस्ताक्षरपछि काठमाडौं मेडिकल कलेजका कार्यकारी अधिकृत सोइना शर्मा र नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौंलागाई ।

    खोटाङ, १८ माघ । खोटाङका पत्रकारलाई काठमाडौं मेडिकल कलेज (केएमसी)ले उपचारमा ५० प्रतिशत छुट दिने भएकोछ । बिहिबार काठमाडौं मेडिकल कलेजका कार्यकारी अधिकृत सोइना शर्मा र नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौंलागाईबीच पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने सम्झौता गरिएको हो ।

    नेपाल प्रेस युनियनको सिफारिसमा केएमसीले खोटाङका पत्रकारलाई उपचारमा छुट दिने भएको हो । बिहिबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनकाबीच केएमसीका सञ्चालक एबं प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मा र युनियनका अध्यक्ष चौंलागाईबीचमा सम्झौता पत्र लेनदेन गरिएको छ । सम्झौता मितिदेखि एक वर्षसम्म कायम रहनेगरी उपचार छुटको सम्झौता गरिएको नेपाल प्रेस युनियनका अध्यक्ष चौंलागाईले बताए ।

    स्वास्थ्य विमा या विपन्न नागरिक औषधी उपचार कोषको सेवा लिएका पत्रकारले सोही अन्तरगत उपचार गराउनुपर्ने छ तर स्वास्थ्य विमा या विपन्न नागरिक औषधी उपचार कोषको रकम समाप्त भएपछि सम्झौता अनुसारको सेवा उपलब्ध गराउने, डायलाइसिस (सरकारको सुविधा वाहेक), एम्बुलेन्स अन्य तेस्रो निकायसँगको समन्वयमा सञ्चालित सेवामा दोस्रो पक्षले कुनै सहुलियत उपलब्ध नगराउने सम्झौतामा उल्लेख छ । औषधि, इम्प्लाण्ट लगायतका सामग्रीमा भने छुट नदिने भनिएको छ ।

    ‘खोटाङका पत्रकारहरुको नामावली प्रथम पक्षले दोस्रो पक्षलाई उपलब्ध गराउनु पर्ने छ । जसको आधारमा विरामीको रेकर्ड रुजु गरी सहुलियत प्रदान गरिने छ,’ सम्झौतामा भनिएको छ, ‘छुट सुविधा लिनका लागि आफ्नो परिचय–पत्रका साथ अस्पताल दर्ता नम्बर लिई अस्पताल प्रशासनमा गएर छुटको कुपन लिनु पर्ने छ ।’

    सम्बन्धित समाचार