Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मिति अष्पष्ट भएको एक बोरा चामल प्रशासनमा लगियो

    दिक्तेलबजारमै भेटियो २९ हजार ९७० को म्याद नाघेको सामान

    दिक्तेलबजारमै भेटियो २९ हजार ९७० को म्याद नाघेको सामान


    • शुक्रवार, माघ १२ २०८०

    • नेपाल वाइड


    दिक्तेलबजारमै भेटियो २९ हजार ९७० को म्याद नाघेको सामान
    म्याद नाघेको उपभोग्यवस्तु जफत गरेर नष्ट बजार अनुगमन टोली ।

    खोटाङ, १२ माघ । खोटाङको दिक्तेलबजारमै भारी मात्रामा म्याद नाघेको खाद्यवस्तु फेला परेको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र उद्योग बाणिज्य संघको संयुक्त टोलीले गरेको शुक्रबार गरेको बजार अनुगमनका क्रममा २७ हजार ९७० रुपैयाँको म्याद नाघेको उपभोग्यवस्तु जफत गरेर नष्ट गरिएको छ । बजार अनुगमनका क्रममा म्याद नाघेको बेसारदेखि चामलसम्मका थोकवस्तु जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख उद्योग अधिकृत भेषराज खत्रीले बताए ।

    अनुगमन टोलीले २ हजारको चामल, ६ हजारको पास्ता, ५ हजार ४०० को बिस्कुट, ३ हजार ३६० को कोक सानो, २ हजार ३४० को बिएमबी मसला, १ हजार ८०० को दाल, १ हजारको बिस्कुट क्रिम, ५४० को बेसार, ८१० को चकलेट, ७५० को पास्ता, १५० को मसला, ६० रुपैयाँको दाना मटन, २४० को बिस्कुट, ३६० को क्रिम बिस्कुट, २०० को सुप मसला, १०० रुपैयाँको पोलिस बट्टा जफत गरेको हो । दिक्तेलबजारकै पसलमा म्याद नाघेको खाद्यवस्तु भारी मात्रामा भेटिँदा दुरदराजका पसलमा झनै बढी मात्रामा म्याद गुज्रेको सामान रहेको अनुमान गरिएको छ ।

    उत्पादन मिति अष्पष्ट भएको एक बोरा चामल प्रशासनमा लगियो

    बजार अनुगमन टोलीले उत्पादन मिति अष्पष्ट भएको एक बोरा चामल नियन्त्रणमा लिएको छ । दिक्तेलबजारको एनआर सप्लायर्समा बिक्रीका लागि राखिएको स्टीम गृहिणी चामलको उत्पादन मिति नबुझिएको भन्दै अनुगमन टोलीले ३० केजीको एक बोरा स्टीम गृहिणी चामल नियन्त्रणमा लिएको छ । उत्पादन मिति पुःन परीक्षण गरेर मात्रै नष्ट गर्नेगरी जिल्ला प्रशासन कार्यालयमा सुरक्षीत राख्ने मुचुल्का तयार पारिएको उद्योग अधिकृत खत्रीले बताए ।

    yuu.jpg

    बजार अनुगमन टोलीले नियन्त्रणमा लिएको उत्पादन मिति अष्पष्ट भएको चामलको बोरा ।

    सम्बन्धित समाचार