Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अलैंचीबाट एउटै वडामा भित्रियो तीन करोड

    अलैंचीबाट एउटै वडामा भित्रियो तीन करोड


    • बिहिवार, माघ ११ २०८०

    • नेपाल वाइड


    अलैंचीबाट एउटै वडामा भित्रियो तीन करोड
    बाक्सिलाको दसकटेमा किसानले लगाएको अलैंची बगान ।

    खोटाङ, ११ माघ । खोटाङमा एउटै वडाबाट करोडको अलैंची निकासी भएको छ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेबाट आर्थिक वर्ष २०८०/०८१ मा तीन करोडभन्दा बढीको अलैंची निकासी भएको हो ।

    यस वर्ष सावाकटहरेमा ६२० मन अलैंची उत्पादन भएको खोटेहाङ गाउँपालिकाको कृषि शाखाका कृषि अधिकृत केशवकुमार झाले बताए । सावाकटहरेका किसानले न्युनतम प्रतिमन ५० हजारदेखि ७५ हजारका दरले अलैंची बिक्री गरेका छन् ।

    अलैंची प्रतिमन सदसदर ५० हजारका दरले बिक्री गर्दा पनि सावाकटहरेमा तीन करोड १० लाख भित्रिएको छ । बिगतका वर्ष अलैंचीको भाउ निरन्तर ओरालो लागिरहेकाबेला यस वर्ष भने अलैंचीले राम्रो भाउ पाउँदा किसान उत्साहित छन् ।

    ‘२० वटा स्याम्पल ल्याउर गणना गरेका थियौं । त्यो अनुसार सावाकटहरेमा ६२० मन जति अलैंची उत्पादन भयो,’ कृषि अधिकृत झाले भने, ‘कसैले मनको ४० हजारमा बिक्री गरे । कसैले प्रतिमन ७५ हजारमा बिक्री गरे । म्याक्सिमम ५० देखि ५५ हजारमा बिक्री गरे । एभरेजमा तीनदेखि चार करोडको बिक्री भएको देखिन्छ ।’

    ec5a71e9-5cb2-466b-bd13-23fffac7dbb9.jpg

    दिक्तेलको सोल्मामा संकलन गरि ट्रकमा अन्यत्र निकासीका लागि तयारी गरिएको अलैची ।

    खोटाङका १० स्थानीय तहको ७९ वडामध्ये सावाकटहरेमा अधिक मात्रामा अलैंची खेती हुने गरेको छ । अलैंचीका लागि उपयुक्त हावापानी भएको सावाकटहरेका अधिकांश भागका किसानले अलैंची खेती लगाउने गरेको वडाध्यक्ष जेफर राईले बताए ।

    सो वडामा २८०० देखि १९०० रोपनी क्षेत्रफलमा अलैंची खेती हुँदैआएको छ । स्थानीय बलजीत राई, स्वयं वडाध्यक्ष राई, रकेट राई, प्रकाश राई, राज राई लगायत सावाकटहरेमा सबैभन्दा बढि अलैंची फलाउने र बिक्री गर्ने किसान हुन् ।

    dda.jpg

    ट्याक्टरमा हालेर सोल्मामा ल्याइएको अलैंची भण्डारणका लागि ट्याक्टरबाट ओराल्दै कामदार ।

    यस वर्ष बलजीतले ७५ हजारका दरले ५५ मन अलैंची बिक्री गरेका छन् । वडाध्यक्ष राई आफैले ७५ हजारका दरले ३८ मत अलैंची बिक्री गरेको बताए । सावाकटहरेका अन्य किसानले भने केही समयअघि ५५ हजारदेखि ६० हजारका दरले अलैंची बिक्री गरेका थिए । अलैंची खेतीबाट कतिपय किसानले आफ्नो आर्थिक अवस्था सुधारेका छन् ।

    अलैंची उत्पादनमा र्‍हास

    अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा खोटाङमा अलैंची उत्पादनमा र्‍हास आएको छ । आर्थिक वर्ष २०७९/०८० मा ६११ मेट्रि«क टन अलैंची उत्पादन भएको जिल्लामा चालु आर्थिक वर्ष ६०१ मेट्रिक टन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

    जिल्लामा अलैंची खेतीका लागि योग्य एक हजार ४०२ हेक्टर जमिनमध्ये १ हजार ६४ हेक्टरमा खेती लगाउने गरिएको छ । अघिल्लो वर्ष ०.५७ उत्पादकत्व रहेको जिल्लामा चालु आर्थिक वर्ष अलैंचीको उत्पादकत्व ०.५६ मा झरेको कृषि प्रशार अधिकृत पण्डितले बताए ।

    सम्बन्धित समाचार