बुधवार, माघ १० २०८०
नेपाल वाइड
खोटाङ, १० माघ । राष्ट्रिय बाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवको अवशरमा खोटाङका उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहक सम्मानित भएका छन् ।
राष्ट्रिय बाणिज्य बैंक ५८ वर्ष पुरा गरी ५९ औं वर्ष प्रवेश गरेको अवशरमा बुधबार बाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलले उत्कृष्ट बचतकर्ता सनमान खड्का, पार्वतीमायाँ थापा, मेनुका राई र संघ/संस्थातर्फ सरस्वती माबि दिक्तेललाई सम्मान गरेको हो ।
यस्तै, कर्जा ग्राहकतर्फ रसिक एण्ड रोहन सप्लायर्सका प्रोपाइटर नवराज जोशी र उत्सव शैंजूलाई सम्मान गरिएको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दिक्तेलका प्रवन्धक रामकुमार आचार्यले बताए ।
बाणिज्य बैंकको बैंकिङ सेवा सुबिधालाई बिश्वास गरी निरन्तर कारोबार गरिरहेको भन्दै बाणिज्य बैंक बैंकको शाखा कार्यालय दिक्तेलले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहकलाई सम्मान गरेको जनाएको छ ।
उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहकलाई प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह लगायतले खादा ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए । राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयले दिक्तेलस्थित आफ्नै कार्यालयमा वार्षिकोत्सव मनाएको छ ।
