Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेलाः स्वास्थ्यकर्मीलाई पोष्टपेड सिमसहितको स्मार्ट फोन

    साकेलाः स्वास्थ्यकर्मीलाई पोष्टपेड सिमसहितको स्मार्ट फोन


    • मंगलवार, माघ ९ २०८०

    • नेपाल वाइड


    साकेलाः स्वास्थ्यकर्मीलाई पोष्टपेड सिमसहितको स्मार्ट फोन

    खोटाङ, ९ माघ । खोटाङको साकेला गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पोष्टपेड सिमसहितको स्मार्ट फोन उपलव्ध गराएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने लक्ष्यकासाथ गाउँपालिकाले एक आधारभुत अस्पताल, तीन स्वास्थ्यचौकी र तीन सामुदायीक स्वास्थ्य इकाईमा कार्यरत स्वास्थ्यकर्मीलाई सिमसहितको एक/एक थान स्मार्ट फोन प्रदान गरेको हो ।

    आकस्मिक रुपमा स्वास्थ्य सम्वन्धी सेवा तथा परामर्श लिनुपर्ने बेला गाउँपालिकाबासीलाई सहज रुपमा स्वास्थ्यकर्मीसँग सम्पर्क गराउने लक्ष्यका साथ स्वास्थ्यकर्मीलाई स्मार्ट फोन उपलव्ध गराइएको गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।

    स्वास्य संस्थाका हरेक इन्चार्जले चलाउने र इन्चार्ज नभएकोबेला निमित्तको जिम्मेवारी लिने स्वास्थ्यकर्मीले बोक्नेगरी स्वास्थ्यकर्मीलाई स्मार्ट फोन प्रदान गरिएको हो । गाउँपालिकाले साकेला आधारभूत अस्पताल रतन्छा, स्वास्थ्यचौकी बाँझेच्यानडाँडा, स्वास्थ्यचौकी खिदिमा, स्वास्थ्यचौकी मात्तिम, सामुदायीक स्वास्थ्य इकाई खिदिमा लगायतलाई फोन प्रदान गरेको हो । सेवाग्राहीलाई अत्यावश्यक समयमा चौबिसै घण्टा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नका लागि फोन उपयोगी हुने गाउँपालिका अध्यक्ष राईले बताए ।

    गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको अन्तरक्रियात्मक कार्यक्रमको अवसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईले स्वास्थ्यकर्मीलाई स्मार्ट फोन हस्तान्तरण गरेका थिए ।

    सम्बन्धित समाचार