Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दुई वर्ष ढिलागरी बन्यो स्वास्थ्यचौकी बाहुनीडाँडाको भवन

    दुई वर्ष ढिलागरी बन्यो स्वास्थ्यचौकी बाहुनीडाँडाको भवन


    • शनिवार, माघ ६ २०८०

    • नेपाल वाइड


    दुई वर्ष ढिलागरी बन्यो स्वास्थ्यचौकी बाहुनीडाँडाको भवन
    बाहुनीडाँडा स्वास्थ्यचौकीको नयाँ भवन ।

    खोटाङ, ६ पुस । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्वास्थ्यचौकीको भवन दुई वर्ष ढिलागरी सम्पन्न भएको छ । २०७८ फागुनमै बनिसक्नु पर्ने स्वास्थ्यचौकीको भवन निर्माण कम्पनी गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी सम्पन्न भएको हो ।

    गौरी पार्वती न्यु टेक्निकल जेभीले २०७८ फागुन २७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मंसिर ११ गते सम्झौता गरेको थियो । पटक–पटक थप गरेको म्याद गुजारेका गौरी पार्वती न्यु टेक्निकल जेभीले माघ ४ गते स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न गरेको हो ।

    ढिलागरी बनेको स्वास्थ्यचौकीको भवन शनिबार हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले उद्घाटन गरेकी छन् । भवन निर्माणका क्रममा स्थानीयले पर्खालको गुणस्तरमाथि समेत प्रश्न उठाएका थिए ।

    स्वास्थ्यचौकीको नयाँ भवन बनेसँगै आइतबारदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताए । आफ्नै भवन अभावमा स्वास्थ्यचौकीलाई हाल स्थानीय झोक्रे राईको घरको दुई वटा कोठा भाडामा लिएर सञ्चालनको व्यवस्था मिलाइएको छ ।

    eeeaexa.jpg

    बाहुनीडाँडा स्वास्थ्यचौकीको भवन उद्घाटन गर्दै मेयर बिमला राई ।

    स्वास्थ्यचौकीको भाडाको कोठा साँघुरो छ । कोठामा बल्लतल्ल दुई वटा मात्र कुर्सी अटाइएका छन् । एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने वाध्यता छ । भाडाको घरमा राख्नुअघि तत्कालिन गाबिसको जिर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्यचौकीको सेवा प्रवाह हुँदैआएको थियो ।

    गाबिसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्यचौकीलाई २०७९ माघदेखि मासिक पाँच हजार भाडा दिएर व्यक्तिको घरमा सारिएको थियो ।

    यस्तै, बर्थिङ सेन्टरलाई २०७५ सालदेखि मासिक चार हजारमा स्थानीय उषा राईको घरमा राखिएको छ । साउदी सरकारको फण्डमा राष्ट्रिय पुःननिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको राखाबांदेल, बाहुनीडाँडा, दोर्पाचिउरीडाँडा, मंगलटार र बतासे स्वास्थ्यचौकीको भवन निर्माणको काम सुरु गरिएको थियो ।

    गौरी पार्वती न्यु टेक्निकल जेभीले भ्याट बाहेक सात करोड ४० लाख ८४ हजार २९६ रुपैयाँमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको हो । हालसम्म पाँच वटै भवनको कामले पूर्णता पाउन नसकेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका आयोजना प्रमुख प्रभाकर कर्णले बताए ।

    evaf.jpg

    स्वास्थ्यचौकीको भवन उद्घाटनका अबशरमा मेयर विमला राई, उपमेयर रमेश राउत, वडाध्यक्ष रुद्रकुमार राईलगायत स्वास्थ्यकर्मीहरु ।

    सम्बन्धित समाचार