आइतवार, पौष २९ २०८०
नेपाल वाइड
खोटाङ, २९ पुस । खोटाङमा सुमो जीप दुर्घटना हुँदा पाँच घाईते भएका छन् । आइतबार यात्रु बोकेर दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको ना १ ज ६२१९ नम्बरको सुमो मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित घुम्तीमा पल्टिँदा पाँच यात्रु घाईते भएका हुन् ।
माथिल्लो घुम्तीबाट अनियन्त्रित भएको जीप सोही सडकको तल्लो खण्डमा खस्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ४० वर्षीय जमानसिंह तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४५ वर्षीय धनबहादुर राई, ५८ वर्षीय चन्द्रबहादुर राई, २८ वर्षीय आशिष राई र सप्तरी राजविराज नगरपालिका–२ राजविराजकी २५ वर्षीया भुमिका झा घाईते भएको प्रहरीले जनाएको छ । घाईते आशिष गाडीका साहु र चालक हुन् । माथिल्लो घुम्तीबाट तल सडकमै खसेको जीप क्षतीग्रस्त बनेको छ ।