Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    यातायात स्वतन्त्र मजदुरको मधेश कार्यशालाः आन्दोलनको तयारीमा जुटौं

    यातायात स्वतन्त्र मजदुरको मधेश कार्यशालाः आन्दोलनको तयारीमा जुटौं


    • बिहिवार, पौष २६ २०८०

    • नेपाल वाइड


    यातायात स्वतन्त्र मजदुरको मधेश कार्यशालाः आन्दोलनको तयारीमा जुटौं
    जनकपुरमा आयोजित प्रदेश स्तरिय कार्यशालामा बोल्दै संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई ।

    जनकपुर, २६ पुस । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले यातायात क्षेत्रका कानून संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरुको सुझाव ग्रहण गर्न सरकारलाई सुझाएकोछ । बिहिबार जनकपुरमा आयोजित प्रदेश स्तरिय कार्यशालाले यदि सरकार एकलौटी अघिबढे देशव्यापी आन्दोलन गर्ने निष्कर्ष निकालेको छ ।

    संगठनले देशव्यापी सञ्चालन गरिरहेको कार्यथलो अभियान अन्तर्गत योजना कार्यशालाका लागि जनकपुर पुगेका संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनको अन्तिम अवस्थामा रहेको भएपनि सरकारले सरोकारवालाहरुसंग छलफल नगरेको र यातायात मजदुरलाई असर गर्ने सहरी यातायात ऐन कार्यान्वयनको तयारी गरेकाले देशभरीका यातायात मजदुरहरुले खबरदारी गर्नुपर्ने बताएका छन् ।

    संगठनकातर्फबाट सरकारलाई लिखित रुपमा कानुन संशोधनका लागि १६ सुत्रीय सुझाव पेश गरेको उल्लेख गर्दै अध्यक्ष राईले सडक दुर्घटनामा चालकलाई हुने सजायको व्यवस्था रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उप दफा २, दफा १६२, दफा १६३ र दफा १६४ श्रमिक प्रतिकुल रहेकाले संशोधन गर्दै र दफा १६७ लाई पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    उनले “मोटर बीमा दर सम्बन्धी निर्देशिका २०७३” लाई संशोधन गर्दै मजदुर बीमा, तेस्रो पक्ष बीमा र यात्रु बीमा रकमलाई समय सापेक्ष बृद्धि गर्नुपर्ने, साना सवारीसाधनको गल्तीले हुने दुर्घटनाको क्षतिपूर्ति ठूला सवारी साधनलाई भुक्तान गराउने गलत प्रथाको अन्त्य गर्दै कानुन संशोधन गर्नुपर्ने बताए ।

    ऐनमा सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी प्रावधानमा ई–रिक्सा चालकहरुका लागि विशेष व्यवस्था गर्दै ठूला ला तथा मझौला सवारी चालक अनुमतिपत्र सिधै पाउने व्यवस्था गर्दै सडक दुर्घटनामा घाईते तथा अङ्गभङ्ग भएका श्रमिक तथा सर्वसाधारणको राहतका लागि कोषको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिइसकिएको भए पनि ऐन निर्माण भएर सदनमा पेश गर्ने अवस्थामा समेत सरोकारवालाहरुसँग सरकारले छलफलमा नराखेको अध्यक्ष राईले बताए । सुझाव नसेमेटी कानुन पारित गरिए देशव्यापी आन्दोलन गरिने बताउँदै अध्यक्ष राईले सम्पूर्ण यातायात मजदुरहरुलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् ।

    कार्यशालाले मधेश प्रदेशको आठ वटै जिल्लाहरुमा सरकारको षडयन्त्रको बारेमा खबरदारी सभाहरु गर्ने, संगठनको सदस्याता विस्तारका लागि बसपार्कहरुमा शिविर अभियान सञ्चालन गर्ने, संगठनका नियमित कार्यक्रम गर्ने र मजदुरहरुको कार्यथलोमा सचेतना अभियानहरु सञ्चालन गर्ने योजना पास गरेकोछ ।

     

    सम्बन्धित समाचार