Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अस्पतालको जग निर्माणका क्रममा बलौटे माटो र माटो मिसिएको गिटी प्रयोग

    अस्पतालको जग निर्माणका क्रममा बलौटे माटो र माटो मिसिएको गिटी प्रयोग


    • सोमवार, पौष १६ २०८०

    • नेपाल वाइड


    अस्पतालको जग निर्माणका क्रममा बलौटे माटो र माटो मिसिएको गिटी प्रयोग
    जन्तेढुंगामा निर्माणाधिन १५ शैयाको अस्पतालको जग । तस्बीर सौजन्यः सुमन राई

    खोटाङ, १६ पुस । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा अस्पतालको जग (बेस) निर्माणका क्रममा बलौटे माटो र माटो मिसाइएको गिटी प्रयोग गरेको पाइएको छ । हरेक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको निती अनुशार निर्माण सुरु गरिएको १५ शैयाको अस्पतालको जग ढलानका क्रममा कमसल बालुवा र गिटी प्रयोग गरेको खुलेको हो ।

    अस्पतालको जगमा पिसिसि ढलानका क्रममा ठेकेदार कम्पनी सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको जन्तेढुंगा गाउँपालिकाका असिस्टेन्ट सव–इन्जिनियर सुरेशकुमार मेहताले बताए ।

    गाउँपालिकाकातर्फबाट ल्याव टेष्ट नगरी प्रयोग नगर्न भने पनि ठेकेदारले मौका पारेर बारीको बालुवा मिसाएर प्रयोग गरेका हुन् । गुणस्तरमा शंका लागेपछि बारीबाट उठाइएको बालुवा र सावा खोलाको बालुवा ल्याव टेष्टमा पठाइएको थियो ।

    ल्याव टेष्टमा बारीको खानीको बालुवा फेल भएको रिपोर्ट आएको छ । “सुरुमा स्याम्पल देखाउनु भो । ल्याव टेष्टमा पास भए मात्र ल्याउनु भनेको तर ल्याएर झारेछ । हतार गएर बालुवा झार्न रोक लगायौँ,” मेहताले भने, “त्यस बीचमा अस्पताल भवनको डिजाइनकै कारण काठमाडौं जानुप¥यो । त्यहीबेला बालुवा मिक्स गरेर चलाइदिएछ । यहीबाट समस्या आएको हो ।”

    ठेकेदारले अस्पताल निर्माणस्थलमै बलौटे माटो र माटो मिश्रित गिटी थुपारेर राखेका छन् । अस्पतालको जग निर्माणका क्रममा गुणस्तरहिन निर्माण सामग्री प्रयोग भएको भन्दै केही स्थानीयले बिरोध गरिरहेका छन् ।

    ठेकेदारले चिसापानीको खुटा भन्ने ठाउँबाट बालुवाजस्तै देखिने सेतो माटो लगेर प्रयोग गरेको र माटो मिसिएको गिटी प्रयोग गरिरहेको स्थानीय सुमन राईले दावी गरे । “उपभोक्ताको गुनासो आएपछि पुस ११ गते निर्माणस्थल पुग्दा बालुवा जस्तै देखिने सेतो माटो र गिटीमा अधिक माटो मिसाएको पाइयो ।

    गाउँपालिकाको प्राबिधिकले कमसल सामग्री प्रयोग भएको स्विकार गरेपछि निर्माण भैरहेको पिसिसि ढलान भत्काउने र नयाँ जग उठाउने मौखिक सहमति भएको थियो,” राईले भने, “तर त्रुटी सच्याउनुको सट्टा त्यसैमाथि निरन्तर काम भैरहेको पाइयो ।

    कमसल सामान प्रयोग गरेर बनाइएको जग भत्काएर गुणस्तरिय सामान प्रयोग गरेर पुःननिर्माण गर्नुपर्छ भन्ने हाम्रो माग हो ।” ठेकेदार कम्पनी ड्रागन–रियर जेभीले २०७९ असार २८ गतेभित्र निर्माण गरिसक्ने गरी २०७८ असार २५ गते अस्पताल भवन निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो । तर सो जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको हो ।

    ड्रागन–रियरले कुल २० करोड ७१ हजार ५९० रुपैयाँमा निर्माण सक्नेगरी भवन निर्माणको ठेक्का लिएको थियो । सुरुको सम्झौता म्याद नाघेको १८ महिना पुग्दा ठेकेदारले बल्ल अस्पतालको जग उठाउन सुरु गरेको हो ।

    भवनको एक पटक थप भएको म्याद गत असारमै सकिएपछि पुःन अर्को म्याद थपको प्रकृया अघि बढाइएको छ । अस्पताल भवन २०७७ मंसिर १५ गते तत्कालिन प्रदेश सांसद रामकुमार राई पासाङ (हाल प्रतिनिधिसभा सदस्य)ले शिलान्यास गरेका थिए ।

    सिद्धगढी निर्माण कम्पनीका इन्जिनियर दिपेन्द्र गामीले भने अस्पतालको जग निर्माणका क्रममा बारीको खानीको बालुवा प्रयोग नगरेको दाबी गरे । “ल्याव फेल भएपछि त्यो बालुवालाई चलाएको छैन । जगको सर्फेस मिलाउन मात्र प्रयोग गरेको हो । अलि–अलि मिक्स भो, पुरै प्रयोग भएको छैन,” उनले भने, “गिटीचैं थुपारेको दुई/तीन वर्ष भो । लामो समय राखेपछि गिटीको डस्ट पनि माटोजस्तो देखिएको हो ।” प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीसँग नजिक रहनेगरी नजिकै अस्पताल भवनका लागि निःशुल्क र सशुल्क सहित ५ रोपनी जग्गा जुटाइएको छ ।

    अस्पतालको घडेरीका लागि बनाइएको पर्खालको गुणस्तरको विषयमा समेत स्थानीयले आवाज उठाएका थिए । जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले निर्माणस्थलमा थुपारिएको बालुवा देख्दा ‘प्रयोग गरिएन’ भन्न नसकिने बताउँछिन् ।

    “माटै उठाएर ल्यायो भन्ने गुनासो छ । ल्याएर थुपार्नु नै गल्ती भयो । तुरुन्त हटाउन लगाएका छौँ,” अध्यक्ष राईले भनिन्, “प्रयोग पनि गरे होलान् । तर इन्जिनियरले प्रयोग नगर्नुस् भनेको थियो ।” गाउँपालिका उपाध्यक्ष खेम खड्काले जगको सोलिङमाथि बलौटे माटो राखेको बताए । “सोलिङमाथि दुई/तीन ट्याक्टर लगाए होला । त्यसपछि इन्जिनियरहरु गएर रोकेको थियो,” खड्काले भने, “गिटी त धोएर हालिरहेका छन् ।”

    सम्बन्धित समाचार