Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाक्सिलाको थप एक मेडिकल शिल

    बाक्सिलाको थप एक मेडिकल शिल


    • आइतवार, पौष १५ २०८०

    • नेपाल वाइड


    बाक्सिलाको थप एक मेडिकल शिल
    बाक्सिलामा बिना दर्ताका मेडिकल शिलबन्दी गर्दै अनुगमन टोली ।

    खोटाङ, १५ पुस । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा बिना दर्ता सञ्चालन गरिएका दुई मेडिकललाई शिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको अनुगमन टोलीले दर्ता नगरी सञ्चालन भइरहेको मेडिकललाई शिलबन्दी गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, केपिलासगढी गाउँपालिका, इलाका प्रहरी कार्यालय बाक्सिला, गाउँपालिकाको स्वास्थ्य शाखा र उद्योग बाणिज्य संघ शाखा बाक्सिलाको प्रमुख तथा प्रतिनिधि सम्मिलित टोलीले पदम राजभण्डारी र बिश्वविना राईले सञ्चालन गरिरहेको मेडिकल शिल गरेको हो ।

    यसअघि गरिएको अनुगमनका क्रममा दर्ता नगरेको पाइएपछि दर्ता गरेर मात्र मेडिकल सञ्चालन गर्न दिइएको निर्देश पालना नगरेको पाइएपछि दुबै मेडिकललाई ताला लगाएर शिलबन्दी गरिएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका उद्योग अधिकृत भेषराज खत्रीले बताए ।

    tr.jpg

    बजार अनुगमन टोली ।

    अनुगमन टोलीले राजभण्डारीको मेडिकल आइतबार र राईको मेडिकल शनिबार शिल गरेको हो । नेपाल सरकारले निर्धारण गरेको फार्मेसी सञ्चालन सम्वन्धी मापदण्ड पुरा नगरेसम्मका लागि मेडिकल शिल गरिएको उद्योग अधिकृत खत्रीले बताए । आवश्यक प्रकृया पुरा गरेर कागजात देखाएपछि मात्र शिलबन्दी खोलिने अनुगमन टोलीले जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, उद्योग अधिकृत खत्री, केपिलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोमबहादुर परियार, ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी नायव निरिक्षक टेकबहादुर गिरी, स्वास्थ्य शाखाका रामप्रसाद आचार्य, उद्योग बाणिज्य संघ बाक्सिलाका अध्यक्ष शिवकुमार राईको टोलीले बजार तथा मेडिकल अनुगमन गरेको हो ।

    सम्बन्धित समाचार