बुधवार, पौष ११ २०८०
नेपाल वाइड
खोटाङ, ११ पुस । खोटाङको दिक्तेलबजारबाट सोलुखुम्बुको जुबु सुकेपोखरी बस सेवा सुरु गरिएको छ । खोटाङ यातायात प्रालिले दिक्तेलबाट जालपा–ऐसेलुखर्क हुँदै सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको लोखिम–जुबु–लुहारे हुँदै सुकेपोखरी बस सेवा सुरु गरेको हो ।
दिक्तेलबाट मंगलबार जुबुको सुकेपोखरी पुगेको बस चालकलाई जनप्रतिनिधि तथा स्थानीयले खादा ओढाएर स्वागत गरेका थिए । दिक्तेलबाट दैनिक दिउँसो ३ बजे बस छुटाउने व्यवस्था मिलाइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
दिक्तेलबाट बस चढेर सुकेपोखरी आउ–जाउन गर्न एकतर्फी जनही एक हजार एक सय भाडा निर्धारण गरिएको यातायत प्रालिले जनाएको छ । दिक्तेलबाट करिब सात घण्टामा सोलुखुम्बुको जुबु सुकेपोखरी पुग्न सकिने महासचिव हिङमाङले बताए ।