Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसीमा आँखा शल्यचिकित्सा शिबिर सुरु

    हलेसीमा आँखा शल्यचिकित्सा शिबिर सुरु


    • शुक्रवार, पौष ६ २०८०

    • नेपाल वाइड


    हलेसीमा आँखा शल्यचिकित्सा शिबिर सुरु
    हलेसीमा शुरु भएको तीन दिने आँखा शल्यचिकित्सा शिबिरमा आखाँ जाँच गराउदै विरामी ।

    खोटाङ, ६ पुस । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसीबजारमा आँखा शल्यचिकित्सा शिबिर सुरु भएको छ । आँखाका समस्या भएका बिरामीको उपचार सेवाका लागि आँखा तथा कान उपचार केन्द्र हलेसीमा तीन दिने आँखा शल्यचिकित्सा शिबिर सुरु गरिएको हो ।

    सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ र आँखा तथा कान उपचार केन्द्र, हलेसीको आयोजनामा पुस ५ गतेदेखि शिबिर सुरु गरिएको हो ।

    पुस ७ गतेसम्म सञ्चालन हुने शिबिरमा हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायतका बिरामी आएका छन् ।

    asss.jpg

    हलेसीमा शुरु भएको तीन दिने आँखा शल्यचिकित्सा शिबिरमा आखाँ जाँचका लागि गराउन आएका विरामीहरु ।

    शिविरको पहिलो दिन २५१ जना बिरामी आँखाको उपचारका लागि आएका छन् । शिबिरमा आँखा जाँच, मोतीवन्दु तथा माइनर अप्रेसन गर्नुपर्ने बिरामीको छनौट गरी निःशुल्क अप्रेसन गर्ने सेवा प्रवाह भइरहेको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

    शिबिरमा सुपथ मुल्यमा औषधि र चश्मा उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । सेवा दैनिक बिहान ९ बजेदेखि २ बजेसम्म प्रवाह भइरहेको छ । शिबिर उद्घाटन कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, उपमेयर रमेश राउत, प्रमुख प्रशासकीय अधिकृत कैलाश ठकुराठी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा मेयर राईले नगरपालिकामा आँखा उपचार शिविरसँगै पाठेघरको समस्या भएका महिलाको निःशूल्क अप्रेसनदेखि नगर अस्पताल सञ्चालन गरेर बिमा गर्ने र बिमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको काम भइरहेको चर्चा गरेकी छन् । नगरपालिकाले गत वर्ष पनि शल्यचिकित्सा शिबिर सञ्चालन गरेको थियो ।

    rt.jpg

    हलेसीमा शुरु भएको तीन दिने आँखा शल्यचिकित्सा शिबिर उद्घाटन कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, उपमेयर रमेश राउत, प्रमुख प्रशासकीय अधिकृत कैलाश ठकुराठी लगायत ।

    सम्बन्धित समाचार