बुधवार, पौष ४ २०८०
नेपाल वाइड
भिमसेन थापा मगर
प्रिय कवि महोदय
लेखेर एक हरफ कविता
क............................
..........वि............
..................ता
केर्दै मेट्दै, केर्दै मेट्दै
केर्दै मेट्दै, केर्दै मेट्दै
बनाईदिनुहोस
एक बंगला
एक गाडी
एउटा आइफोन
खोजिदिनुहोस
एउटा जागिर
एक जीवन साथि
पुरा गरिदिनुहोस एक युवाँको
सपना
र
जहाज बनाएर उडान
भरिदिनुहोस त्यहाँ सम्म
जहाँमेरो बुढेसकालको लाठी
हराएको छ
जहाँ उ सपना किन्न उडेको छ ।
कवि भिमसेन थापा मगर