Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ढालेको रुखले किच्दा खोटाङमा एक जनाको मृत्यु

    ढालेको रुखले किच्दा खोटाङमा एक जनाको मृत्यु


    • मंगलवार, मंसिर १२ २०८०

    • नेपाल वाइड


    ढालेको रुखले किच्दा खोटाङमा एक जनाको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ, १२ मंसिर । ढालेको रुखले किच्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । घर बनाउनका लागि उत्तिसको रुख ढाल्ने क्रममा किचेर जन्तेढुंगा गाउँपालिका–३ काहुले छिमाका ६३ वर्षका दिर्पमान राईको मृत्यु भएको हो ।

    मंसिर ९ गते सोही ठाउँका तीर्थबहादुर नेपालीसँग सुमन राईको जग्गामा भएको उत्तिसको काठ ढाल्ने क्रममा ढलेको रुखले टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

    घटनाको बारेमा जानकारी भए लगत्तै इलाका प्रहरी कार्यालय चिसापानीका प्रनानि दिपेन्द्र अधिकारीको कमाण्डमा चार जना प्रहरीको टोली पुगेको थियो । थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरिक्षकको टोली पुगेर शवको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्मार्टम गरिएको प्रहरीले जनाएको छ ।

    माछा पोखरीमा डुबेर ३० महिने बालिकाको मृत्यु

    यस्तै, खोटाङमा माछा पोखरीमा डुबेर ३० महिने बालिकाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका आरिमा राईको माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक बेनु कार्कीले बताए ।

    हाल साकेला गाउँपालिका–२ रतन्छामा बस्दैआएकी बालिका खेल्दै जानेक्रममा मंसिर १० गते माछा पोखरीमा डुबेको अवस्थामा फेला परेकी थिईन् । उपचारका लागि साकेला आधारभुत अस्पतालमा लगिएकी बालिकालाई मृत घोषणा गरिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्टमार्टम गरेर शव आफन्तलाई जिम्मा लगाइएको छ ।

     

    सम्बन्धित समाचार