Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रेसरले ढलेका राजमणीको उपचारमा आर्थिक समस्या, सहयोगको याचना

    प्रेसरले ढलेका राजमणीको उपचारमा आर्थिक समस्या, सहयोगको याचना


    • आइतवार, मंसिर १० २०८०

    • नेपाल वाइड


    प्रेसरले ढलेका राजमणीको उपचारमा आर्थिक समस्या, सहयोगको याचना
    चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार गराई राख्नुभएका राजमणी राई ।

    खोटाङ, १० मंसिर । प्रेसरले ढलेपछि अस्पताल पुर्‍याइएका खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका राजमणी राईको उपचारमा आर्थिक समस्या भएको छ । प्रेसरले ढलेपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा लगिएका राईको उपचारमा आर्थिक कठिनाइ भएको हो ।

    ९ दिनदेखि आइसियूमा राखिएका राईको उपचारका क्रममा आर्थिक अभाव भएपछि परिवारले सहयोगको याचना गरेको स्थानीय प्रताप राईले जानकारी दिए । ऋणपान गरेर हालसम्म चार/पाँच लाख खर्च भइसकेको र अझै पाँच/छ लाख खर्च गर्नुपर्ने अवस्था आएपछि राई परिवारले आफन्त तथा शुभेच्छुक समक्ष सहयोगको याचना गरेका हुन् ।

    राईको उपचार सहयोगका लागि छोरा अमिन राईलाई ९८६७३०३३६१ मा सम्पर्क गरी अमिनकै नबिल बैंकमा रहेको खाता नम्बर ०५११००१७५१०३६६ मा सहयोग जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    राईलाई मंसिर १ गते बिहान परिवारले सुतेकै ठाउँमा प्रेसरले ढलेर लडिरहेको अवस्थामा भेटेर अस्पताल पुर्‍याएका थिए । प्रेसरका कारण उनको देब्रेसाइडको हातखुट्टा नचल्ने अवस्थामा पुगेको तथा टाउकोको देब्रे साइडमा रगत जमेका कारण अपरेसन गर्नुपर्ने अस्पतालले बताएका छन् ।

    ‘अझै पाँच/छ लाख जति खर्च हुने देखिएको र परिवारजनलाई आर्थिक समस्या भएकाले सम्पूर्ण इष्टमित्र, नरनातालाई हार्दिक अनुरोध गर्नुभएको छ,’ प्रतापले भने, ‘यो दुःखको घडीमा सम्पूर्ण सज्जन, दयालु मनहरु र मेरो चिनजानमा रहनु भएका साथीभाईहरुमा राजमणी राईलाई बचाउनका लागि सक्दो सहयोग गरिदिन हार्दिक अनुरोध छ ।’

    सम्बन्धित समाचार