Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जाजरकोट भूकम्प पिडितको घाउमा मल्हम लगाउदै खोटाङका स्वयंसेवक टोली

    जाजरकोट भूकम्प पिडितको घाउमा मल्हम लगाउदै खोटाङका स्वयंसेवक टोली


    • बिहिवार, मंसिर ७ २०८०

    • नेपाल वाइड


    जाजरकोट भूकम्प पिडितको घाउमा मल्हम लगाउदै  खोटाङका स्वयंसेवक टोली
    जाजरकोटमा भूकम्पका कारण विस्थापित पिडितको घर बनाउँदै खोटाङ र उदयपुरका स्वयंसेवक । तस्बीर सौजन्यः सुरेश प्रधान
    खोटाङ, ७ मंसिर । खोटाङका एक वडाध्यक्ष सहित तीन जना जाजरकोट पुगेर भूकम्प पिडितको आवास निर्माणमा जुटेका छन् । गत कात्तिक १७ गते राती गएको बिनासकारी भूकम्पका कारण विस्थापित भएका पिडितको अस्थायी टहरा निर्माणमा सहयोग गर्नका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतको नेतृत्वमा समिर दंगाल र स्वास्थ्यकर्मी सुरेश प्रधान खलंगा (जाजरकोट) पुगेका हुन् ।
     
    स्वयंसेवाका लागि मंसिर ४ गते साँझ जाजरकोट पुगेको टोलीले भेरी नगरपालिका–३ पिपलडाँडाका भूकम्प पिडितको अस्थायी टहरा निर्माणमा श्रमदान गरिरहेका छन् । प्राकृतिक विपत्तीमा परेका बेला सकेको मानवीय सहयोग गर्दै पिडितको घाउमा मल्हम गर्नका लागि श्रमदान गर्न पुगेको टोलीले मंसिर ५ र ६ गते पिपलडाँडाका ज्येष्ठ नागरिक चक्रबहादुर चन्दको परिवारका लागि अस्थायी टहरा निर्माण गरिदिएका छन् ।
    23.jpgजाजरकोटमा भूकम्पका कारण विस्थापित पिडितको घर बनाउँदै खोटाङ र उदयपुरका स्वयंसेवक । 
     
    चन्दको नौ जनाको परिवार हाल त्रिपालमा बसिरहेका थिए । २५ फुट लम्बाई र १७ फुट चौडाई भएको टहरो निर्माणका लागि आवश्यक जस्ता र काँटी स्वयं चन्द परिवारले व्यवस्था गरेका थिए । बाँस तथा काठ काटेर ओसार्ने, खाल्डो खन्ने, डाँडाभाटा कस्ने र टहरा ठड्याउने काममा टोलीले स्वयंसेवा गरेका हुन् ।
     
    टोलीले बुधबार चक्रबहादुरको टहरा निर्माणको काम सकेर अर्का भूकम्प पिडित अमर चन्दको परिवारका लागि टहरा निर्माण सुरु गरेका छन् । पाँच दिन बसेर चार/पाँच जना भूकम्प पिडितका लागि अस्थायी टहरा बनाउन सघाएर फर्कने तयारी गरिएको प्रधानले बताए ।
     
    बस्नेत र दंगाल नेकपा एमालेकातर्फबाट तथा प्रधान राष्ट्रिय स्वास्थ्यकर्मी महासंघकोतर्फबाट स्वयंसेवकका रुपमा भूकम्प पिडितको सहयोगार्थ जाजरकोट पुगेका हुन् । श्रमदानमा खोटाङका तीन सहित उदयपुरका कृष्ण राई, धिरज धामी, राम धामी र दिनेश धामी सँगै खटिएका छन् ।
    54.jpg
    भूकम्पका कारण जाजरकोटमा भत्किएका घरहरु ।
    स्थानीय भूकम्प पिडित, जनप्रतिनिधि र प्रहरीसँग समन्वय गरेर मुचुल्का उठाएपछि मात्रै भूकम्प पिडितको आवास बनाउन अनुमति पाएको प्रधानले बताए । “भग्नावशेषमा भूकम्प पिडितको गरगहना, धनमाल पुरिएको हुनसक्छ । त्यही भएर अनुमति लिएर मुचुल्का उठाएर मात्रै टहरा बनाउन अनुमति पाइदोरहेछ,” प्रधानले भने, “विस्थापितमध्ये चिसोका कारण वृद्धबृद्धा र बालबालिकालाई निमोनिया, श्वास प्रश्वास, झाडापखाला जस्ता स्वास्थ्य समस्याले सताइरहेको छ । उहाँहरुलाई भौतिकसँगै स्वास्थ्य परामर्श पनि प्रदान गरिरहेका छौँ । घर बिहिन बनेका पिडितको अवस्था दर्दनाक छ ।”
    65.jpgभूकम्पका कारण जाजरकोटमा भत्किएका घरहरु । तस्बीरहरु सौजन्यः सुरेश प्रधान
     

    सम्बन्धित समाचार