आइतवार, मंसिर ३ २०८०
तीर्थराज भट्टराई
खोटाङ, ३ मंसिर । वर्षौं पहिलादेखि सार्वजिक बस र जिपमा यात्रा गरेको छु मैले । यो पटक भने सामाजिक जनउत्तरदायित्व अन्तर्गत सेवा गर्ने एउटै लक्ष्य र अठोटका साथ आज शनिवार २ मंसिरमा बिहान ७ः१५ बजे सार्बजनिक बसमा बनेपा तर्फ लम्कियौं हामी । वर्षौंदेखि आंङ खस्ने समस्याबाट छटपटाई रहनु भएको नगरका आमा, दिदिबहिनीलाई पीडा मुक्त गराउने महान उद्देश्य बोकेर ।
खोटाङ यातायात संघ खोटाङका महासचिव राम हिंङमांङको गाडी न. बा ४ ख २१२९ को सार्वजनिक बस रिजर्भ गरेर १६ जना विरामी र १६ जना विरामीका आफन्त कुरूवा मध्ये नेर्पा र पाथेकाका ६–७ जना विरामी, कार्यपालिका सदस्य अन्जना बस्नेत, नगर स्वास्थ शाखा प्रमुख खेमराज आचार्य, सहायक कम्प्युटर अपरेटर बाजेन्द्र कोइराला र म बसमा चढ्यौं दिक्तेल रत्नपार्कबाट ।
नगरको बा २ झ १३१७ को जिप्सी गाडीमा हिड्नु भयो उपप्रमुख विसन राई सहित ४ जनाको टोलि । नुनथलाबाट २ जना विरामी लिएर बुइपा पंञ्चेदोबाटोबाट विजयखर्क र बुइपाका विरामी सहित ८ः ३० मा हामी बनेपातर्फ हिड्यौं ।
दिक्तेलबाट मनोज खत्री चालक रहेको नगरको बा २ झ जिप्सी गाडिमा नगर उपप्रमुख विसन राई बुइपा पुगेर अन्जना बस्नेत र १ जना विरामी र कुरूवा सहितको टोलि अगाडी बढ्यो । हामी चढेको बसमा स्वास्थ्यकर्मी खेम सर र बाजेन्द्र सरले विरामीको स्वास्थ अवस्था बुझ्दै प्रोत्साहित गरिरहनुहुन्थ्यो समय समयमा ।
संगसंगै मिलाउनुभयो पानी र औषधीको चाँजोपाँजो । पाठेघरको पीडामा छट्पटाई रहनु भएको आमा दिदिबहिनीको निःशुल्क सेवा गर्ने यो अभियानमा उमेरको हिसाबले सबैभन्दा अग्रज बुइपा निवासी ८० वर्षिय आमा र सबै भन्दा कम उमेरकी ४० वर्षिय बहिनी बसमा हामीसँगै हुनुहुन्थ्यो ।
आमालाई वर्षौंदेखि पीडा थियो पाठेघरको तर सक्नुभएको थिएन उपचार गर्न । झन् विजयखर्ककी अर्की ६६ वर्षिय आमा त ४० वर्षदेखि पीडित हुनुहुन्थ्यो रे पाठेघरको समस्याबाट । यो प्रतिनिधिमुलक धारणा हो जस्तो लाग्छ मलाई । आर्थिक समस्या र संवेनशील अंगमा भएकोले रोग पनि लुकाईयो लाजले । तर सहन गर्ने अवश्था नभएपछि नगरले गरेको यो उदाहरणीय काममा आउने अवसर मिल्यो भन्दै पटकपटक आशिर्वाद दिई रहनु भएको थियो, वहाँलगायत उपचारमा हिड्नु भएकाहरूले हामीलाई ।
अहिले पनि धेरै आमा र दिदिबहिनी यो रोगबाट गाँउघरमा पीडित हुनुहुन्छ पक्कै पनि। धेरै बच्चा जन्माउने, गर्भवती भएको समयमा गरूंगो भारी बोक्ने, घरमा असुरक्षित सुत्केरी हुने लगायतका कारणबाट पाठेघरको समस्या हुने कुरा बताउनुहुन्छ स्वास्थकर्मी खेम सर । हो पक्कै पनि हेलचेक्¥याई र अशिक्षाका कारण यस्ता तमाम प्रकारका समस्याबाट पीडित छौं नगरवासी ।
त्यसैगरी गुणस्तरीय औषधी, निपूर्ण स्वस्थ्य जनशक्ती र गाँउ ठाउमा भरपर्दो स्वास्थ इकाइको व्यवस्थापन गर्न नसक्नु तिनै तहका सरकारको लाचारीपन हो अर्को कारण । नेपाल सरकारले उपलब्ध गराएको सिमित स्रोत साधन, विभिन्न दातृ निकायले गर्ने यस्तै मानविय सेवा र नगरपालिकाको क्षमता अनुसारको काम हामीले गररिरहेका छौं । तर सेवाग्राहीको माग बमोजिम सन्तुष्टी दिन हामी स्थानीय जनप्रतिनिधिले पनि सकिरहेका छैनौं । तर नागरिकको सेवा गर्ने हाम्रो कर्तव्य निरन्तर चलिरहने छ ।
हलेसीबाट हामी अगाडि बढेपछि केहि आमा दिदिबहिनीहरु गाडीमा नराम्ररी मात्नुभयो । वहाँहरूलाई रोगको पीडा त छदै थियो झन् गाडिको नशाले ईन्तु न चिन्तु बनायो विरामीलाई । निरन्तरको बमिट, खालि पेट, कच्ची बाटोको यात्राले कति असहज अवस्था थियो पक्कै अनुमान गर्न सकिन्छ नै ।
यहि क्रममा हामी भन्दा अगाडि भएको कदुवा नजिकै ओरालोमा उपप्रमुख विसन जी चढ्नुभएको जीप ब्रेकफेल भएर ठूलो दुर्घटनाबाट जोगिनु भएछ ! पातलो जिउ-ज्यानको भए पनि स्वभावले साहसिलो विसन जी र अन्य साथीहरू त्राहिमाम–त्राहिमाम देखिनुहुन्थ्यो दुर्घटनाबाट जोगिए पनि । हाम्रो सबैको भाग्य ठूलो भिरको छेउको सानो माटोको ढिस्कोले जोगाएछ दुर्घटनाबाट ।
चालकको निपूर्णता, कौशलता र अनुभव नभएको भए सायद‘...! त्यसैले हामीले चालक मनोजलाई धेरै धेरै धन्यवाद र ढाडस दियौं । त्यहाँबाट विसन जी सहित हामी चढेको बसबाट जयरामघाटसम्म झर्नुभयो । त्यँहा खाना खाएर हामी १२.३० बजे अघि बढ्यौं भने दिक्तेलबाट को १ झ ६६८ नगरको गाडि लिएर आउनु है भन्यौं निश्चल श्रेष्ठलाई ।
विसन जीको टोलि नगरको गाडि पर्खिएर जयरामघाटमा बस्नुभयो । बसमा सिट भए त सङसंगै जान मिल्थ्यो तर बसमा खुट्टा राख्ने ठाँउसम्म थिएन । सिट भरी भराउ थियो भने प्यासेजमा विरामीका लुगा–कपडाका झोला र पोका पन्तुराले भरिएको थियो । वीचवीचमा प्रहरी चेक पोष्टमा नाम र समय दर्ता गराउन सुरक्षाकर्मीले अनुरोध गर्नुहुन्थ्यो तर हामीले उपचारको कुरा गरेपछि सहजै छोड्नुभयो ।
हुनत मैले खोटाङका प्रजिअ सन्तवहादुर सुनार र प्रनाउ पुरूषोत्तम खड्कालाई चेक पोष्टमा सहजिकरणको लागि अनुरोघ गरेको थिएं त्यसैले पनि हामीलाई बाटोमा निक्कै सहज भयो । उहाँहरूले देखाउनु भएको सहयोगीभाव र तदरूकताका लागि आमा दिदिबहिनीको तर्फबाट मिल्नेछ कोटीकोटी आशिर्वाद र नगरको तर्फबाट यसै आलेख मार्फत दुवै जनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
यो रोगबाट पीडित आमा दिदीबहिनीको उपचारका लागि सहजिकरण र सहयोगी भूमिका निभाउनु हुने हरिहर उप्रेतिले बाटोमा दर्जनौं पटक फोन गरेर विरामीको हालखबर सोधेर हामीलाई हौसाला दिई रहनुहुन्थ्यो । हरिहर जी सँग मेरो लामो चिनजान र सम्बन्ध पनि छैन । केहि वर्ष अगाडि नेपाल निजामति कर्मचारी यूनियन खोटाङका अध्यक्ष मेरा अनन्य मित्र प्रकाश घिमिरेले चिनाउनु भएको थियो हरिहरजीसॅग ।तर पछिल्लो समय निकटको मित्र र शुभचिन्तकको सम्बन्ध स्थापित भएको छ मेरो ।
यो मानविय सेवाको सम्पर्क सूत्र प्रकाश जी र व्यवस्थापन हरिहर जीको भएकोले दुवै जना धन्यवादको हकदार हुनुन्छ । यसका पछाडि शीस मेमोरियल अस्पताल, चिकित्सक र होल्याण्डका पूण्यार्थी सहयोगी दाताहरू लगायत लामो फेयरिस्त नै बन्छ सहृदयी सहयोगी र धन्यवाद दिनै पर्ने सत्कर्मी सज्जनको । तर सबै उल्लेख गर्न असमर्थ भइन्छ नै । त्यसैले सबै सबै सहयोगी सज्जन वृन्दमा एक मुस्टले साधुवाद ।
यसै विषयसँग जोडिएको काम हामीले २०७२/०७३ मा टिचिङ अस्पताल महाराजगंज काठमाण्डौका प्रा.डा. पदमराज पन्तको नेतृत्वमा २१ जना प्राविधिक सहितको टोलीले दिक्तेलमा नै पाठेघर सम्बन्धि निःशुल्क शल्यक्रिया सिविर संञ्चालन गराएका थियौं । काठमाण्डौंका व्यवस्थापन सहयोगी नेपालका अध्यक्ष मेनुका पौडेल र महासचिब पुण्यप्रसाद आचार्यले गर्नुभएको थियो भने दिक्तेलमा संयोजकको हैसियतले म लगायत साथीहरुले ।
उत्त समयमा १९ जना विरामहरुको सफल शल्यक्रिया भएको थियो भने ८५ जना विरामीहरुको रिंग पैसरी लगाएर हामीले मानवीय सेवा प्रदान गर्ने प्रयत्न गरेका थियौं । आफ्नो बुद्धि र विवेकले भ्याएसम्म निश्वार्थ सेवा गर्ने । चिया पसल र चोक गल्लीमा अनावश्यक कुरा काट्नेलाई धन्यवाद भन्ने मेरो पुरानै चलनलाई निरन्तरता दिने गरेको छु अहिले पनि । हात्ति लम्कंदै गर्छ भुक्दै गर्छ कुकुर । तर कमि- मजोरीलाई सच्याउदै सकारात्मक सुझव दिनेलाई मार्गदर्शकको रूपमा गर्छु म सलोट । एउटै अठोट छ मानवीय सेवा र सकारात्मक सोच सहितको कर्म गर्ने ।
लामो सार्वजिक बसको यात्राले मलाई त थकित भएको महशुस गराएको थियो भने हाम्रा अग्रज जेष्ठ आमा - हजुर आमाको कस्तो भयो होला अवस्था । हामी सर सुहाउदोको त त्यस्तो हालत भयो भने वर्षौंदेखि पीडादायी अवस्थाबाट गलित र थकित आमा दिदिबहिनीको आजको अवस्था म स्वतः अनुमान गर्न सक्छु नै । लामो यात्रापछि हामी अस्पतालतर्फ मोडियौं । हामीलाई लिन बनेपा चोकमा आउनु भएको थियो परोपकारी मित्र हरिहर जी । ५ मिनेटको यात्रापछि हामीलाई सेवा दिने शीस मेमोरियल अस्पताल पुग्यौं ।
लामो दूरीको यात्राबाट थाक्नु भएका आमा दिदिबहिनीको हात समातेर गाडीबाट झर्न मद्दत गरें मैले । पूर्व तयारी अनुसार विरामीको टिकट काटेर भर्ना गरेर भयो प्रारम्भिक परिक्षण । विसन जी करिव १ घण्टापछि आउनुभयो अस्पताल ।…र हामी विरामीलाई भर्ना गरिएको कोठामा पुगेर विदा भयौं रात्रीकालिन विश्रामका लागि ।
समग्रमा लामो बसको यात्रा र वर्षौंदेखिको पीडाबाट गुज्रीरहनु भएको आमा दिदिबहिनीको सेवा गर्ने अवसर दिने सबै सबै सरोकारवालालाई । बसको यात्रामा रहेको समयमा मोवाइलमा सर्सर्ती लेखेको यो यात्रा संस्मरण मार्फत हार्दिक धन्यवाद दिन चाहन्छु । सबै विरामीको शिघ्र स्व्स्थ लाभको कामना गर्दै रोगबाट ग्रसित तर नगरले निशुल्क सेवा दिन्छौं भन्दा पनि आउन नचाहने विरामीलाई सम्पर्कमा आएर पीडा मुक्त हुन पनि कोटीकोटी अनुरोध गर्दछु म ।
अन्त्यमा, ओखलढु्गा, कटुंजे निवासी वस चालक सुजन रोक्का हँसिलो , कसिलो, रसिलो र मिजासिलो पाएं मैले । अनुमानित उमेर ३०–३१ तर गाडी चलाउन निपुर्ण ६५ वर्षको परिपक्क अनुभबी जस्तो । हलेसी दुर्छिम निवासी सहचालक हिमाल तिवारी त झन भलाद्मी र इमान्दार । वँहाहरुको इमान हेर्दा ज्वाई नै बनाई दिउ की ! जस्तो पो लाग्यो मलाई त । जीवनमा धेरै सार्बजनिक बसमा हिंडे् तर यतिका इमानी साथीहरू कमै भेटिए गाडीमा ।
किन राम हिंङमांङले सवारी साधनबाट यति धेरै प्रगति गर्नु भएको रहेछ भनेको त बस परिवारका सदस्यमा नै देखियो सद्गुणी लक्षण । नगरप्रमुख चढेको छ भनेर गरिएको व्यवहार त पक्कै होइन होला ! नि त्यस्तो व्यबहार । यदि त्यस्तो हो भने मेरो बुझाई गलत सावित हुनेछ भविष्यमा । यस्ता सज्जन र अनुभवि चालक सुजन र सहचालक हिमाल समेत लाई धेरै धेरै धन्यवाद ।
बसमा हिड्दा हिंड्दै असहजताका वीच सरसर्ती लेखेको हॅुदा लेखनीमा कतै नाम छुटेको र शव्द चयनमा विग्रिएको भए सुधारेर पढिदिन आग्रह छ मेरो ।
अस्तु ।
तीर्थराज भट्टराई
नगरप्रमुख
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल, खोटाङ ।
२ मंसिर २०८० ।