Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पाठेघर खसेका महिलालाई उपचारका लागि नगरले पुर्‍यायो अस्पताल

    पाठेघर खसेका महिलालाई उपचारका लागि नगरले पुर्‍यायो अस्पताल


    • शनिवार, मंसिर २ २०८०

    • नेपाल वाइड


    पाठेघर खसेका महिलालाई उपचारका लागि नगरले पुर्‍यायो अस्पताल
    पाठेघर खसेका महिलाको उपचारका लागि अस्पताल लैजादै मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्य लगायतको टोली । तस्बिरः मेयर तीर्थराज भट्टराईको फेसबुक पेज ।

    खोटाङ, २ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरको समस्या भएका महिलालाई उपचारका लागि अस्पताल पुर्‍याएको छ ।

    नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको ‘स्क्रीनिङ’का क्रममा पहिचान गरिएका पाठेघर खसेका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई उपचारका लागि अस्पताल लगिएको हो ।

    शल्यक्रीयलगायतका निःशुल्क उपचार गर्ने व्यवस्था सहित शनिबार एउटा बस रिजर्भ गरेर बिरामी र उनीहरुका एक/एक जना कुरुवालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको छ ।

    अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलव्ध गराउनेगरी पाठेघर खसेका महिलालाई उपचारमा लगिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    पाठेघर खसेर तेश्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रीया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको हो । केही बिरामीलाई नगरपालिकाकै गाडीमा अस्पताल लगिएको छ ।

    पहिलो चरणमा २३ जनालाई उपचारमा लैजाने तयारी गरिएको भए पनि अन्तिममा ७ जनाले अस्पताल जान अस्वीकार गरेको नगरपालिकाले जनाएको छ ।

    ffff.jpg

    शल्यक्रीया लगायतका निःशुल्क उपचार गर्ने व्यवस्था सहित उनीहरुका एक/एक जना बिरामी कुरुवालाई अस्पतालसम्म पुर्‍याईएको रिजर्भ बस ।

    आङ खसेका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलाको पहिचान गर्दै निःशुल्क उपचारको व्यवस्थाका लागि नगरपालिकाले तीन महिना यता वडा–वडामा ‘स्क्रीनिङ’ गरिरहेको छ ।

    पाठेघर खसेका महिलाको उपचारका लागि मेयर भट्टराई, उपमेयर बिसन राई, नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्य लगायतको टोली सँगै गएका छन् ।

    दोश्रो चरणमा मंसिर ५ गते पाठेघर खसेका बाँकी सबै बिरामीलाई निःशुल्क उपचारमा लैजाने तयारी गरिएको जनस्वास्थ्य निरिक्षक आचार्यले बताए । हालसम्मको ‘स्क्रीनिङ’का क्रममा पहिचान गरिएका पाठेघर खसेका ६२ जनामध्ये ५३ जनाले उपचारमा जानका लागि नगरपालिकामा सम्पर्क गरेका थिए ।

    पहिलो र दोश्रो तहको पाठेघर खसेका महिलाको शरीरमा भने स्वास्थ्यचौकीमै रिङ प्रेसरी राखिएको छ । शिर मेमोरियल अस्पताल र सामुदायीक सेवा प्रतिष्ठान भक्तपुरसँगको सहकार्यमा नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाएको हो । पाठेघर खस्ने समस्यलाई महिलाले लाज र शरम मानेर लुकाउने गरेको पाइएको छ ।

    सम्बन्धित समाचार