शनिवार, कार्तिक २५ २०८०
नेपाल वाइड
खोटाङ, २५ कात्तिक । बाईक कुदाउने प्रतियोगीता भन्ने बित्तिकै ‘सबैभन्दा छिटो बाईक कुदाउने प्रतिष्पर्धा’ बुझिन्छ । तर, खोटाङमा सबैभन्दा ढिलो बाईक कुदाउने प्रतियोगीता आयोजना गरिएको छ ।
‘गतिसँग होईन, सुरक्षासँग प्रतिष्पर्धा गरौं’ भन्ने नारा सहित राष्ट्रिय युवा संघ जिल्ला कमिटि खोटाङले शुक्रबार दिक्तेलमा स्लो राइड मोटरसाइकल प्रतियोगीता गरेको हो ।
माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा खोटाङ अटो लिङ्क प्रालिमा कार्यरत सिराहाका जितेन्द्र चौधरी प्रथम, बुईपाका दिलीप राई दोश्रो, दिक्तेल हाटडाँडाका निक्सन ताम्राकार तेश्रो र सुजन कोइराला शान्त्वना भएका छन् ।

प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः १० हजार १११, ६ हजार ६६६, ४ हजार ४४४ र २ हजार प्रदान गरिएको राष्ट्रिय युवा संघ जिल्ला कमिटि खोटाङका अध्यक्ष रोशन चाम्लिङले बताए ।
प्रतियोगीतामा ३६ जनाले प्रतिष्पर्धा गरेका थिए । यस्तै, हण्डीफोर प्रतिष्पर्धामा हण्डी फोडेर निक्सन ताम्राकारले एक हजार जितेका छन् । युवा संघले तिहारको अवशरमा शुभकामना आदान प्रदानका साथमा स्लो राइड मोटरसाइकल र हण्डीफोर प्रतियोगीता गरेको हो ।
