Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पत्करुमा भान्छा कोठामा आगलागी हुँदा एक लाखको क्षति

    पत्करुमा भान्छा कोठामा आगलागी हुँदा एक लाखको क्षति


    • आइतवार, कार्तिक १९ २०८०

    • नेपाल वाइड


    पत्करुमा भान्छा कोठामा आगलागी हुँदा एक लाखको क्षति
    फायल तस्बिर

    खोटाङ, १९ कात्तिक । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी पत्करुका एकाराम राईको भान्छा कोठामा आगलागी भएको छ । चुलोबाट सल्किएको आगोले आइतबार राईको भान्छा कोठामा आगलागी भएको हो ।

    भान्छा घर, भाँडाकुँडा, ग्याँस, अन्नपात, काठपात जल्दा राईको करिब एक लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए । घटनाको जानकारी लगत्तै प्रहरीचौकी खार्ताम्छाबाट खटिएका प्रहरी हवल्दार रामबदन यादव नेतृत्वको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

    सम्बन्धित समाचार