शनिवार, कार्तिक १८ २०८०
नेपाल वाइड
खोटाङ, १८ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा वडा स्तरिय अमृता–अदिल स्मृति भलिबल प्रतियोगीता आयोजना गरिएको छ ।
‘खेलकुद विकास हाम्रो शान, खेलाडीप्रति हाम्रो सम्मान’ भन्ने नारासहित अमृता अदिल मुईमा लामको आयोजनामा कात्तिक १७ र १८ गते वडा स्तरिय पुरुष भलिबल प्रतियोगीता आयोजना गरिएको हो ।
प्रतियोगीतामा साविकको धितुङ–४ कात्तिके प्रथम, साविकको धितुङ–३ गैरी दोश्रो र साविकको धितुङ–२ पन्थे तेश्रो भएका छन् । विजेता टिमले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजारका साथमा प्रमाण–पत्र प्राप्त गरेका छन् ।
यस्तै, प्रतियोगीतामा उत्कृष्ट खेलाडी घोषित साविकको धितुङ–४ कात्तिकेका अशोक कार्कीलाई २ हजार प्रदान गरिएको स्थानीय जनक चाम्लिङ राईले जानकारी दिए ।
स्थानीय पाहरुहाङ शरण प्राबिको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगीतामा १० टिमले प्रतिष्पर्धा गरेका थिए । विजेता टिमलाई वडाध्यक्ष टेकराज राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
स्वर्गीय आमा अमृता राई र बुवा अदिल राईको नाममा छोरा नरेन्द्र राईले २०७७ सालमा स्थापना गरेको अमृता अदिल मुईमा लामले धितुङमा हरेक वर्ष भलिबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ । अमृता अदिल मुईमा लामले स्थानीय खेलाडीलाई खेलकुदका सामग्री पनि उपलव्ध गराउँदै आएको छ ।