Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भूकम्पमा मृत्यु हुनेको संख्या १३२ पुग्यो

    भूकम्पमा मृत्यु हुनेको संख्या १३२ पुग्यो


    • शनिवार, कार्तिक १८ २०८०

    • नेपाल वाइड


    भूकम्पमा मृत्यु हुनेको संख्या १३२ पुग्यो
    भुकम्पका कारण क्षेतिग्रसत बनाएको संरचना । तस्बिरः सामाजिक संञ्जाल

    काठमाण्डौ, १२ कात्तिक । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर हालसम्म १३२ जनाको मृत्यू भएको छ । गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्द भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो ।

    भूकम्पमा परी ज्यान गुमाउनेहरू जाजरकोट र रुकुम पश्चिमका रहेको प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ । यसैबीच, प्रदेश सरकारले घाइतेको उद्वार कार्य गर्न शुरू गरेको छ । प्रदेश अस्पताल कालागाउँमा १३ जना घाइतेको उपचार भइरहेको छ । 

    जाजरकोटमा मात्रै ९५ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते छन् । रूकुम पश्चिममा ३७ जनाको मृत्यु छ भने ८५ जना घाइते छन् । उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा खटिएका छन् ।

    एक हजार २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ८०० भन्दा बढी सुरक्षाकर्मी खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरीको तर्फबाट रूकुम पश्चिममा डीएसपीको कमान्डमा ३२० जना र जाजरकोटमा डीएसपीको कमान्डमा ४५० जनाको टोली खटिएको छ ।

    चौरजहारी बेस क्याम्पबाट १०–१० जनाको टोली जाजरकोट र रूकुम पश्चिमका लागि पठाइएको छ । प्रदेश अस्पताल कालागाउँमा १६ जना घाइतेको उपचार भइरहेको छ । जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

    प्रदेशका भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री मंगल शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्ण बीसीले प्रदेश अस्पतालको अनुगमन गरेर घाइतेको स्वासथ्य अवस्थाबाट जानकारी लिएका छन् । घाइतेको उपचारका कुनै कमि हुन नदिने अस्पतालका स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।
    श्रोतः हिमाल खबर

    सम्बन्धित समाचार