Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा बेपत्ता वृद्धा भेट्ने दुई किशोरलाई नगद सहित सम्मान

    खोटाङमा बेपत्ता वृद्धा भेट्ने दुई किशोरलाई नगद सहित सम्मान


    • मंगलवार, कार्तिक १४ २०८०

    • नेपाल वाइड


    खोटाङमा बेपत्ता वृद्धा भेट्ने दुई किशोरलाई नगद सहित सम्मान
    बेपत्ता वृद्धा भेट्ने दुई किशोरलाई नगद दिएर सम्मान गर्दै वडाध्यक्ष राम बहादुर कटवाल । तस्बिरः भुपेन्द्र किराँती

    खोटाङ, १४ कात्तिक । खोटाङमा बेपत्ता वृद्धा भेट्ने दुई किशोरलाई नगद दिएर सम्मान गरिएको छ । गत कात्तिक ७ गतेदेखि बेपत्ता भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क बसेरीका ६८ वर्षीय जैसीमायाँ ढुंगानालाई भेट्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा टारीका १९ वर्षीय योगेश राई र १४ वर्षका समिर राईलाई नगदले सम्मान गरिएको हो ।

    गोठालो गएकोबेला वृद्धालाई भेटेर परिवारलाई खबर गरेकामा राईद्धयलाई वडा कार्यालय बिजयखर्कले १० हजार र ढुंगानाको परिवारले ५ हजार सहित सम्मान गरेका हुन् ।

    उनीहरुलाई वडाध्यक्ष रामबहादुर कट्वाल, वृद्धाका छोराहरु रमेश ढुंगाना र चुडामणि ढुंगानाले खादा ओढाएर नगद हस्तान्तरण गरेको स्थानीय सागर खनालले जानकारी दिए । गोठालो जाँदा वृद्धा भेटेकामा नगद पुरस्कार पाउँदा राईद्धय दंग देखिएका थिए । वृद्धाको खोजीमा सहयोग गरेकामा प्रहरीचौकी बुईपाका प्रहरीलाई खादा ओढाएर धन्यवाद दिइएको छ ।

    टिकाको दिन बेपत्ता भएकी बृद्धालाई राईद्धयले ६ दिनपछि कात्तिक १३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको दिखुवाखोलाभन्दा माथिको काहुले जंगलमा भीरमा सकुशल भेटेका थिए ।

    श्रीमान शिवप्रसाद ढुंगानासँग आफन्तको घरमा टिका लगाएर फर्कने क्रममा जैसीमायाँ बेपत्ता भएकी थिईन् । घरभन्दा करिब दुई/तीन मिनेटमाथि डाँडाबाट श्रीमान अघि लागेर घर झरेको तर केही पछि छोडिएकी जैसीमायाँ बेपत्ता भएकी थिईन् ।

    कात्तिक ११ गते प्रदेश प्रहरी कार्यालय के–नाइन शाखाबाट अनुुसन्धान गर्ने दुई वटा कुकुर ल्याएर खोजी गर्दा पनि नभेटिएकी बृद्धालाई गोठालोले भेटेर खबर गरेका थिए । बेपत्ता फेला नपरेपछि तालिम प्राप्त कुकुरलाई कात्तिक १२ गते फिर्ता पठाइएको थियो ।

    सम्बन्धित समाचार