Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा तालिम प्राप्त कुकुर प्रयोग गरेर बेपत्ता बृद्धाको खोजी सुरु

    खोटाङमा तालिम प्राप्त कुकुर प्रयोग गरेर बेपत्ता बृद्धाको खोजी सुरु


    • शनिवार, कार्तिक ११ २०८०

    • नेपाल वाइड


    खोटाङमा तालिम प्राप्त कुकुर प्रयोग गरेर बेपत्ता बृद्धाको खोजी सुरु
    बेपत्ता बनेकी बृद्धाको खोजीका लागि अनुुसन्धान गर्ने तालिम प्राप्त कुकुरसहित प्रहरीहरु । क्याप्सनः तस्बीरहरुः किसान भुजेल र सुनिल ढुंगाना

    खोटाङ, ११ कात्तिक । जिल्ला प्रहरी कार्यालय खोटाङले तालिम प्राप्त कुकुरको सहयोगमा बेपत्ता बनेकी बृद्धाको खोजी सुरु गरेको छ । कात्तिक ७ गतेका दिन आफन्तको घरमा टिका लगाएर घर फर्कने क्रममा वेपत्ता बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क बसेरी (ढकालबेँसी)का ६८ वर्षीय जैसीमायाँ ढुंगानाको अनुुसन्धान गर्ने तालिम प्राप्त कुकुरको सहयोगमा खोजी सुरु गरेको हो ।

    प्रहरी र स्थानीयले सोधखोज गर्नेक्रममा चार दिनसम्म पनि नभेटेपछि प्रदेश प्रहरी कार्यालय के–नाइन शाखाबाट अनुुसन्धान गर्ने दुई वटा कुकुर ल्याएर शनिबारदेखि वेपत्ताको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

    dfa.jpg

    प्रहरीको टोलीले तालिम प्राप्त कुकुरको सहयोगमा दिउँसो साँढे चार बजेदेखि बृद्धाको खोजी सुरु गरेको हो । घट्नास्थलमा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, डिएसपी खड्का लगायत पुगेका छन् ।

    श्रीमान शिवप्रसाद ढुंगानासँग आफन्तको घरमा टिका लगाएर फर्कने क्रममा जैसीमायाँ बेपत्ता भएकी थिईन् । घरभन्दा करिब दुई/तीन मिनेटमाथि डाँडाबाट श्रीमान शिवप्रसाद अघि लागेर घर झरेको तर केही पछि छाडिएकी जैसीमायाँ १५–२० मिनेटसम्म नआएपछि खोजी गर्दा कतै फेला नपरेको नाती सुनिल ढुंगानाले बताए । “कसैसँग रिसइबि थिएन । गाउँ घर, जंगल सबैतिर खोजी गर्दा पनि भेटिएन,” ढुंगानाले भने, “ड्रोन उडाएर पनि खोजी गरियो । त्यसबाट पनि पत्ता लागेन ।”

    errr.jpg

    बेपत्ता बनेकी बृद्धाको खोजीका लागि अनुुसन्धान गर्ने तालिम प्राप्त कुकुरसहित प्रहरीहरु । क्याप्सनः तस्बीरहरुः किसान भुजेल र सुनिल ढुंगाना

     

    सम्बन्धित समाचार