Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङमा चाम्लिङलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

    दिप्रुङमा चाम्लिङलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी


    • शुक्रवार, कार्तिक ३ २०८०

    • नेपाल वाइड


    दिप्रुङमा चाम्लिङलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
    दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङ ।

    खोटाङ, ३ कात्तिक । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिनाजानकारी कार्यालय छाडेर हिँडेपछि सोही गाउँपालिकामा कार्यरत छैठौं शाखा अधिकृत पिएस्पी चाम्लिङलाई आर्थिक अधिकार सहितको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।

    सामान्य प्रशासन मन्त्रालयको कात्तिक १ गतेको पत्रअनुसार चाम्लिङलाई शुक्रबार पदभार ग्रहण गराइएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताए । चाम्लिङलाई आर्थिक अधिकार सहितको जिम्मेवारी दिइएको छ ।

    कामै नभएको शिर्षकमा बजेट भुक्तानी दिन दवाव दिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत रेग्मी कात्तिक २९ गते कार्यालय छाडेर हिँडेका थिए । रेग्मीलाई सोलुखुम्बूको नेचासल्यान गाउँपालिका सरुवा गरिएको छ ।

    रेग्मी भदौ २९ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा दिप्रुङ चुईचुम्मा गाउँपालिका आएका थिए । निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थासँगै बाँकी अड्किएको भुक्तानी दिइएको छ ।

    सम्बन्धित समाचार