Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर गरिने डेलिभरी र अपरेसन सेवा बन्द

    जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर गरिने डेलिभरी र अपरेसन सेवा बन्द


    • मंगलवार, आश्विन ३० २०८०

    • नेपाल वाइड


    जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर गरिने डेलिभरी र अपरेसन सेवा बन्द
    जिल्ला अस्पताल खोटाङ ।

    खोटाङ, ३० असोज । जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर गरिने डेलिभरी र अपरेसन सेवा बन्द भएको छ । अपरेसनका क्रममा बेहोस गराउने एक मात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफ्नै उपचारको सिलसिलामा काठमाडौं गएका कारण अस्पतालमा बेहोस बनाएर गरिने डेलिभरी र अपरेसन सेवा बन्द भएको हो ।

    अपरेशनको क्रममा बेहोस गराउने स्वास्थ्यकर्मी उपचारमा गएसँगै अर्को व्यवस्था नभएसम्मका लागि डेलिभरी र अपरेसन सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए ।

    कार्यरत एनेस्थेसिया सहायक अस्पताल व्यवस्थापन समितिलाई पुर्व जानकारी गराएर र पुर्व स्वीकृति लिएर उपचारका लागि काठमाडौं गएका हुन् । जिल्ला अस्पतालले एनेस्थेसिया सहायक दशैंपछि मात्र उपस्थित हुने जनाएको छ ।

    जिल्ला अस्पतालमा एनेस्थेसियाको बैकल्पिक व्यवस्था नगर्दा बेहोस बनाएर गर्नुपर्ने डेलिभरी र अपरेसन गर्नुपर्ने प्रकृतिका बिरामीहरु जिल्ला बाहिर जान वाध्य बनेका छन् । अर्को एनेस्थेसिया सहायक व्यवस्था गर्ने पहल गरे पनि सम्भव नभएको डा. यादवले बताए ।

    २०४९ बैसाख १ गते स्थापना गरिएको अस्पतालमा हालसम्म एनेस्थेसिया सहायकको दरबन्दी छैन । जिल्ला अस्पतालमा निकसाइमल नामक संस्थाले एक जना एनेस्थेसिया सहायक उपलव्ध गराएको हो । जिल्ला अस्पताल स्थापनाको ३१ वर्ष पुग्दा उपचारका क्रममा बेहोस गराउने स्वास्थ्यकर्मीको एउटा दरबन्दी ल्याउन नसकेको भन्दै जिल्लाका नेतृत्वको आलोचना हुने गरेको छ ।

    dddd.jpg

    जिल्ला अस्पताल खोटाङले जारी गरेको सूचना ।

    सम्बन्धित समाचार