Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    असोज २८ र २९ गते दिक्तेलमा चलचित्र ‘बालापन’

    असहायको सहयोगार्थ दिक्तेलमा चलचित्र ‘बालापन’को प्रिमियर सोको तयारी

    असहायको सहयोगार्थ दिक्तेलमा चलचित्र ‘बालापन’को प्रिमियर सोको तयारी


    • मंगलवार, आश्विन २३ २०८०

    • नेपाल वाइड


    असहायको सहयोगार्थ दिक्तेलमा चलचित्र ‘बालापन’को प्रिमियर सोको तयारी

    खोटाङ, २३ असोज । अनाथ तथा असहायको सहयोगार्थ खोटाङमा चलचित्र ‘बालापन’को प्रिमियर सो गर्ने तयारी गरिएको छ । अनाथ तथा असहाय बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकको सहयोगार्थ आगामी असोज २८ र २९ गते दिक्तेलमा चलचित्र ‘बालापन’को प्रिमियर सो गर्ने तयारी गरिएको हो ।

    चलचित्र ‘बालापन’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा समाजसेवी हटमिलन राईले निर्माण गरेका हुन् । निर्माता राईले मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै सोल्मा स्पोर्टस क्लब सोल्माको आयोजनामा चलचित्र ‘बालापन’को प्रिमियर सो गर्न लागिएको जानकारी दिएका हुन् ।

    चलचित्र ‘बालापन’लाई जिल्ला समन्वय समितिको समिक्षालयहलमा प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विशेष प्रिमियर सोमा नायक धिरेन शाक्यको समेत उपस्थिति रहने निर्माता राईले बताए ।

    पत्रकार सम्मेलनमा चलचित्र ‘बालापन’को प्रिमियर सोको बारेमा जानकारी दिँदै निर्माता हटमिलन राई । h.jpg

    चलचित्र ‘बालापन’को प्रिमियर सोको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

    मध्यान्ह साँढे १२ बजेबाट शुरु हुने चलचित्रका लागि पाँच सय, एक हजार, दुई हजार पाँच सय र पाँच हजारको टिकट व्यवस्था गरिएको स्थानीय आयोजक सोल्मा स्पोर्टस क्लबले जनाएको छ ।

    सामाजिक, पारिवारिक र मायाँ प्रितीका विषयवस्तु समेटिएको ‘बालापन’मा नायक शाक्य, नायिका प्रियांका कार्की, सोनी बिसी तथा वरिष्ठ कलाकार सुनिल थापा लगायतको अभिनय रहेको छ ।

    शिवा आर्जेले निर्देशन गरेको एक घण्टा ५७ मिनेटको चलचित्र ‘बालापन’मा स्वयं निर्माता राईको पनि मुख्य भूमिका रहेको छ । यस्तै, कलाकार सविन श्रेष्ठ, राजकुमार थापा, तिलबहादुर कार्की तथा खोटाङका कलाकार प्रकाश राई, पवन चाम्लिङ, जुद्ध राई, सुरेन्द्र चाम्लिङ, आङछिरी शेर्पा, डेनी शेर्पा र निलमु शेर्पाले अभिनय गरेका छन् ।

    deeee.jpg

    निर्माता राईको ‘डेव्यु’ चलचित्र असोज १३ गते सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चलचित्र विकास बोर्डको सभाहल काठमाडौँमा उद्घाटन गरेका थिए ।

    काठमाडौँ र दुवईमा छायांकन गरिएको ‘बालापन’ एक करोड ५० लाखको लगानीमा निर्माण गरिएको हो । पहिलो प्रस्तुतिले दर्शकको मन जित्न सफल भएको निर्माता राईले बताएका छन् ।

    सम्बन्धित समाचार