Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अवैध रुपमा सञ्चालन भइरहेको डेन्टल क्लिनिकमा प्रशासनको सिल

    अवैध रुपमा सञ्चालन भइरहेको डेन्टल क्लिनिकमा प्रशासनको सिल


    • सोमवार, आश्विन २२ २०८०

    • नेपाल वाइड


    अवैध रुपमा सञ्चालन भइरहेको डेन्टल क्लिनिकमा प्रशासनको सिल
    दिक्तेलबजारको न्यू हलेसी डेण्टल क्लिनिकललाई सिल गर्दै अनुगमन टोलीमा संलग्न कर्मचारी । तस्बीरः चिसाङ शेर्पा

    खोटाङ, २२ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध रुपमा सञ्चालन भइरहेको डेन्टल क्लिनिक सिल गरेको छ । दिक्तेलबजारको मानव अधिकारचोक नजिक मापदण्ड तथा प्रकृया पुरा नगरी सञ्चालन भइरहेको न्यू हलेसी डेण्टल क्लिनिक प्रालिलाई सिल गरेको हो ।

    वेदनारायण साह तेलीले सञ्चालन गरिरहेको डेन्टलले आधारभूत मापदण्ड पूरा नगरी बिना ईजाजतका काम गरिरहेको पाइएपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकास शाहले बताए ।

    गत साउन ९ गते गरिएको बजार अनुगमनका क्रममा त्रुटी पाइएपछि सच्याउन निर्देशन दिइएको थियो तर आइतबार गरिएको अनुगमनका क्रममा प्रकृया पुरा नगरेको पाइएपछि डेन्टल क्लिनिक सिल गरिएको हो ।

    दाँत स्क्रीनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको डेन्टल क्लिनिकमा जोखिम मोलेर दन्त डाक्टरले गर्ने सम्पूर्ण उपचार नै गरेको पाइएको थियो ।

    तेलीलाई दन्त चिकित्सक राखेर डेण्टल चलाउन दिइएको अन्तिम चेतावनी पालना नभएको पाइएकाले सिल गरिएको हो । डेन्टल क्लिनिकमा बिना स्वीकृति र बिना जनशक्ती दाँतको आरसीटी गर्दै सेवाग्राहीबाट रकम असुल्ने गरेको अनुगमन टोलीले जनाएको छ ।

    डेन्टल क्लिनिकमा दन्त चिकित्सक नराखेको, डेन्टल एक्स–रे र कुर्सी एकै ठाउँमा राखिएको, डेन्टल चेयर काम नलाग्ने भएको, हातधुने वेसन नभएको, डेन्टल क्लिनिकको भवन मापदण्ड अनुसार नभएको पाइएको छ ।

    तेलीकै नाममा रहेको ॐ हलेसी मेडिकेयर क्लिनिक बिना दर्ता सञ्चालन गरेको पाइएपछि औषधि व्यवस्था विभागले गत चैत २३ गते सिल गरेको थियो । मेडिकेयर क्लिनिकलाई स्वास्थ्य कार्यालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न चेतावनी दिईएको छ ।

    फार्मेसी पढेकाले मात्रै औषधि विक्री गर्न पाइने भए पनि सो मेडिकेयर क्लिनिकमा फर्मासिष्ट वा फार्मेसी सहायकबिना नै औषधि विक्रीबितरण हुँदैआएको पाइएको छ ।

    यस्तै न्यू हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सुना फार्मेसीले अवैध रुपमा रेबिज विरुद्धको भ्याक्सिन राखेको भेटिएको छ । चिकित्सकको प्रेस्क्रीप्सनबिना चलाउन नपाईने रेबिज भ्याक्सिन डोमेस्टिक फ्रिजमा राखेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी शाहले बताए ।

    फार्मेसी सञ्चालक महेशप्रसाद शाहले थाहा नभएर रेबिज विरुद्धको भ्याक्सिन राखेको जवाफ दिएका थिए । सोही क्लिनिकमा मुटुको बिरामीले प्रयोग गर्ने औषधिहरु पनि भेटिएको छ ।

    सम्बन्धित समाचार