Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लालुपाते पिडित आन्दोलनमा, जिल्ला प्रहरी कार्यालय र अदालत अगाडि प्रदर्शन

    लालुपाते पिडित आन्दोलनमा, जिल्ला प्रहरी कार्यालय र अदालत अगाडि प्रदर्शन


    • शुक्रवार, आश्विन १९ २०८०

    • नेपाल वाइड


    लालुपाते पिडित आन्दोलनमा, जिल्ला प्रहरी कार्यालय र अदालत अगाडि प्रदर्शन
    खोटाङमा सहकारी डुबाउने दोषीलाई कारबाही गर्न र डुबेको बचत फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतमा धर्ना दिन पुगेका बचतकर्ता । तस्बीररुः दमन राई
    खोटाङ, १९ असोज । खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले बचत डुबाउने दोषीलाई कारबाही गर्न र डुबेको बचत फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतमा धर्ना दिएका छन् ।
     
    सहकारीको बचत अपचलनमा मुछिएका आठ जनामध्ये तीन जना पक्राउ परेपछि बचतकर्ताले शुक्रबार दिक्तेलबजारमा बिरोध प्रदर्शन गर्दै दोषीलाई कानूनी कारबाही गर्न तथा आफ्नो वचत सुरक्षितसाथ फिर्ता दिलाइदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत पुगेर धर्ना दिएका हुन् ।
     
    पक्राउ परेका दोषीलाई उन्मुक्ती नदिन, अन्य दोषीलाई पनि पक्राउ गर्न र डुबेको बचत फिर्ता गर्ने वातावरण निर्माणका लागि प्रदर्शन गरिएको बचतकर्ता धनीराम नछुङले बताए । पक्राउ पर्ने तीन जनाको नाम प्रहरीले गोप्य राखेको छ । अदालतले पक्राउ परेका व्यक्तिलाई तारिखमा छाड्न लागेको सुचना आएका कारण कानूनी कारबाहीका लागि दवावमुलक प्रदर्शन गरिएको बचतकर्ता लेखनाथ आचार्यले बताए ।
     
    eata.jpg
    सहकारीको बचत अपचलनमा मुछिएकालाई कार्वाहीको शुक्रबार दिक्तेलबजारमा गरिएको बिरोध र्‍याली ।
    सहकारीका तत्कालिन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणवद्ध आन्दोलनमा छन् । थोपाथोपा गरेर जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले २०७९ फागुन २ गते तत्कालिन अध्यक्ष जोशी परिवारका पाँच जना सहित आठ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए ।
     
    सहकारीको नाममा खरिद गरिएको जग्गा अनिलको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ ।
     
    २०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि २०७८ बैसाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ ।
     
    raa.jpg
    सहकारीको बचत अपचलनमा मुछिएकालाई कार्वाहीको शुक्रबार दिक्तेलबजारमा गरिएको बिरोध र्‍याली ।
    सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ । एकैजनाले ४५ लाखसम्म बचत गरेका छन् । सहकारीको ७४ जना ऋणी छन् । उनीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ ।
     
    सहकारीको जग्गा बाहेक सावा व्याजसहित करिब १० करोड ऋण लगानी छ । बचतकर्तालाई सावाव्याज सहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाव छ । तर अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन भइरहेको सहकारी सञ्चालक समितिका सदस्य तुलसीराम आचार्यले बताए ।
     
    कतिपय ऋणीले पटक–पटक भाका राख्ने, अध्यक्ष जोशीलाई दिइसकेको भन्दै पन्छिने र कतिपयले ‘अदालत जान’ भनेर घुक्र्याउने गरेका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रयास सुरु गरेको जनाएको छ ।
    asdf.jpg
    सहकारीको बचत अपचलनमा मुछिएकालाई कार्वाहीको शुक्रबार दिक्तेलबजारमा गरिएको बिरोध र्‍याली ।

    सम्बन्धित समाचार