Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको लामीडाँडामा सात वटा हेलीकोप्टर आकस्मिक अवतरण

    खोटाङको लामीडाँडामा सात वटा हेलीकोप्टर आकस्मिक अवतरण


    • शुक्रवार, आश्विन १९ २०८०

    • नेपाल वाइड


    खोटाङको लामीडाँडामा सात वटा हेलीकोप्टर आकस्मिक अवतरण
    लामीडाँडा विमानस्थलमा अवतरण गरेका हेलीकोप्टरहरु । तस्बीरः कुमार श्रेष्ठ

    खोटाङ, १९ असोज । काठमाडौंबाट सोलुखुम्बुका लागि उडेको सात वटा हेलीकोप्टर खोटाङको लामीडाँडामा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेको हेलीकोप्टर खराब मौसमका कारण शुक्रबार लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

    खराब मौसमका कारण बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सात वटा हेलीकोप्टर अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

    मौसममा सुधार आएपछि हेलीकोप्टर गन्तव्यतर्फ उडेका छन् । टुरिष्ट बोकेको हेलीकोप्टर लुक्लामा ल्याण्ड हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा बिश्राम लिएको लामीडाँडाका वडाध्यक्ष बिरेन्द्र मगरले बताए । २०७६ सालदेखि उडान बन्द रहेको लामीडाँडामा लुक्लामा आवतजावत गर्ने हेलीकोप्टरले आकस्मिक अवतरण गर्दै आएको छ । 

    सम्बन्धित समाचार