Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाढीले बेलिब्रिज बगाएपछि तुईनमा झुण्ड्याएर गाडी तारिँदै

    बाढीले बेलिब्रिज बगाएपछि तुईनमा झुण्ड्याएर गाडी तारिँदै


    • सोमवार, भाद्र १८ २०८०

    • नेपाल वाइड


    बाढीले बेलिब्रिज बगाएपछि तुईनमा झुण्ड्याएर गाडी तारिँदै
    दुधकोसीको दिप्लीघाटमा राखिएको बेलिब्रिज बगाएपछि अस्थायी तुईन जडान गरेर जीप तारिदै । तस्बीरः सुवास क्षत्री

    खोटाङ, १८ भदौ । सोलुखुम्बुमा दुधकोसीले बेलिब्रिज बगाएपछि तुईन जडान गरेर गाडी तार्न सुरु गरिएको छ । गत भदौ ८ गते आएको बाढीले थुलुङ दुधकोसी गाउँपालिका–८ र सोताङ गाउँपालिका–१ को बीचमा पर्ने दुधकोसीको दिप्लीघाटमा राखिएको बेलिब्रिज बगाएपछि अस्थायी तुईन जडान गरेर गाडी वारपार गर्ने/गराउने व्यवस्था मिलाइएको हो ।

    बेलिब्रिज बगाएपछि सोताङ गाउँपालिकामा फसेका जीपलाई अस्थायी तुईन जडान गरेर तार्न सुरु गरिएको थुलुङ दुधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले बताए ।

    सोताङ गाउँपालिमा र केही महाकुलुङ गाउँपालिकामा अड्किएका गाडीलाई यातायात व्यवसायी एवं चालकको अनुरोधमा थुलुङ दुधकोसी गाउँपालिकाकाले लठ्ठा र प्राविधिक ल्याएर दिप्लीघाटमा अस्थायी तुईन जडान गरेको हो ।

    addf.jpg

    दुधकोसीको दिप्लीघाटमा राखिएको बेलिब्रिज बगाएपछि अस्थायी तुईन जडान गरेर जीप तारिदै ।

    बेलिब्रिजमा क्षती पुग्दा थुलुङ दुधकोसी गाउँपालिकाकाका व्यवसायीका करिब ४० वटा जीप सोताङ गाउँपालिकामा अड्किएको छ । आइतबार तुइनबाट एउटा जीप झुण्ड्याएर तारिएको छ ।

    थुलुङ दुधकोसी गाउँपालिकाबासी दिप्लीघाट तरेर तराई तथा शहर जाने आउने गर्छन् । बेलिब्रिज बगेपछि नदी वारपार गर्न कठिन भइरहेको छ ।

    दुधकोसीको दिप्लीघाटमा पक्की पुल बनाउनका लागि प्रधानमन्त्री पुष्पकलम दाहालले मन्त्रालयलाई निर्देशन दिइसकेको गाउँपालिका अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार