Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    आठौं राष्ट्रिय सामुदायीक वन दिबसः

    खोटाङका उत्कृष्ट सामुदायिक वन तथा कबुलियती वन समुह पुरस्कृत

    खोटाङका उत्कृष्ट सामुदायिक वन तथा कबुलियती वन समुह पुरस्कृत


    • बिहिवार, श्रावण २५ २०८०

    • नेपाल वाइड


    खोटाङका उत्कृष्ट सामुदायिक वन तथा कबुलियती वन समुह पुरस्कृत
    उत्कृष्ट सामुदायीक वन समुहलाई पुरस्कृत गर्दै वन महासंघका केन्द्रिय सदस्य राजेन्द राई, डिभिजन वन कार्यालयका निमित्त प्रमुख थीरबहादुर कार्की एबम् सामुदायिक बनका पदाधिकारीहरु ।

    खोटाङ, २५ साउन । खोटाङका उत्कृष्ट सामुदायिक वन तथा कबुलियती वन समुह पुरस्कृत भएका छन् । आठौं राष्ट्रिय सामुदायिक वन दिबसको अवसरमा बिहिबार सामुदायिक वनतर्फ प्रथम स्थान प्राप्त गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित रुपाकोट सामुदायिक वन उपभोक्ता समुह, दोश्रो स्थान प्राप्त गर्ने केपिलासगढी गाउँपालिका–१ फेदीस्थित छिमालुङ सामुदायिक वन र तेश्रो स्थान प्राप्त गर्ने बराहपोखरी गाउँपालिका–१ स्थित बराहपोखरी सामुदायिक वन समुहलाई पुरस्कृत गरिएको हो ।

    प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने सामुदायिक वन समुहलाई क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार प्रदान गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख थीरबहादुर कार्कीले बताए ।

    यस्तै, कबुलियतीतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित दियालेचौंर कबुलियती वनले प्रथम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित गैरीखर्क कबुलियती वनले दोश्रो र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित चिपली पहरा कबुलियती वनले तेश्रो पुरस्कार पाएका छन् ।

    कबुलियती वनतर्फ प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने वन समुहलाई क्रमशः नगद १७ हजार, १३ हजार र १० हजारका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ । उत्कृष्ट सामुदायीक वन समुहलाई सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य राजेन्द्र राईले पुरस्कार हस्तान्तरण गरेका थिए ।

    सामुदायिक वन दिबसको अवसरमा रुपाकोट सामुदायिक वनमा बृक्षारोपण गरिएको छ । धुपी, गुराँस, ज्याकाराण्ड, कल्की लगायतका प्रजातीका करिब तीन सय बिरुवा रोपिएको हो । डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघको व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।

    सम्बन्धित समाचार