Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङ जीप दुर्घटनाका घाईतेको पहिचान खुल्यो

    दिप्रुङ जीप दुर्घटनाका घाईतेको पहिचान खुल्यो


    • शनिवार, श्रावण १३ २०८०

    • नेपाल वाइड


    दिप्रुङ जीप दुर्घटनाका घाईतेको पहिचान खुल्यो
    सछितापोखरीको खुदुर्केमा सडकबाट करिब सय मिटर तल खसेको जिप ।

    खोटाङ, १३ साउन । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भएको जीप दुर्घटनाका गम्भीर घाईते बनेका पाँच जनाको पहिचान खुलेको छ । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङतर्फ जाँदै गरेको ००१ ज ३३८७ नम्बरको जीप शनिबार साँझ दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिएको थियो ।

    दुर्घटनामा जीपका चालक दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका सरोज थापा, साकेला गाउँपालिका–२ रतन्छाका मनकुमार राई, रोजी राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका सरिस्मा राई गम्भीर घाईते भएका छन् ।

    गम्भीर घाइते सहित ६ जनालाई गाउँपालिकाको ‘हेल्लो डाक्टर’मार्फत प्राथमिक उपचार गरेर जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको छ । गम्भीर घाईते बनेका पाँचमध्ये डाँडागाउँका सुमन थापा भने प्राथमिक उपचारपछि घर फर्किएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । रतन्छाकै चण्डीका राईलाई पनि ४ वर्षको बच्चा सहित जिल्ला अस्पताल लगिएको छ ।

    जीपमा चालक सहित १४ जना सवार रहेका थिए । दुर्घटनामा दुई वर्षका बच्चा समेत परेका छन् । पञ्चमी–याङसोलाटार सडक खण्डमा ठूलो ढुंगा खसेको र फुटाउने काम जारी रहेका कारण बैकल्पिक बाटो तृतीय–खुदुर्के–मानेडाँडा सडकबाट यात्रा गर्नेक्रममा जीप पल्टिएको हो । जीप सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनाका घाईतेको गाउँपालिका प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

    सम्बन्धित समाचार