Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ: दिप्रुङमा जीप दुर्घटना हुँदा पाँच गम्भीर घाईते

    खोटाङ: दिप्रुङमा जीप दुर्घटना हुँदा पाँच गम्भीर घाईते


    • शनिवार, श्रावण १३ २०८०

    • नेपाल वाइड


    खोटाङ: दिप्रुङमा जीप दुर्घटना हुँदा पाँच गम्भीर घाईते
    सछितापोखरीको खुदुर्केमा सडकबाट करिब सय मिटर तल खसेको जिप ।

    खोटाङ, १३ साउन । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच गम्भीर घाईते भएका छन् । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङतर्फ जाँदै गरेको ००१ ज ३३८७ नम्बरको जीप शनिबार साँझ दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिँदा पाँच गम्भीर घाईते भएका हुन् । जीपमा चालक सहित १४ जना सवार रहेका थिए । घाईतेको पहिचान हुन बाँकी छ । दुर्घटनामा दुई वर्षका बच्चा समेत परेका छन् ।

    जीपमा सवार सबै यात्रु सामान्य घाईते अवस्थामा भए पनि पाँच जनाको अवस्था गम्भीर देखिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । घाइतेलाई गाउँपालिकाको ‘हेल्लो डाक्टर’मार्फत प्राथमिक उपचार गरेर जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।

    पाँच घाईतेमध्ये एक जना भने प्राथमिक उपचारपछि घर फर्किएका छन् । पञ्चमी–याङसोलाटार सडक खण्डमा ठूलो ढुंगा खसेको र फुटाउने काम जारी रहेका कारण बैकल्पीक बाटो तृतीय–खुदुर्के–मानेडाँडा सडकबाट यात्रा गर्नेक्रममा जीप पल्टिएको हो । जीप सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनाका घाईतेको गाउँपालिका प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका हुन् ।

    सम्बन्धित समाचार