Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ: ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    खोटाङ: ट्याक्टर दुर्घटनामा चालकको मृत्यु


    • शुक्रवार, श्रावण १२ २०८०

    • नेपाल वाइड


    खोटाङ, १२ साउन । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारबाट रसुवातर्फ जादै गरेको ना ६ त २४६६ नम्बरको ट्याक्टर पल्टिँदा चालक खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको मृत्यु भएको हो ।

    खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीको नेर्लामा ट्याक्टर पल्टिएर सडकबाट करिब ५० मिटर तल झरेपछि गम्भीर घाईते बनेका तामाङको उपचारका लागि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ ।

    उपचारमा लैजाने क्रममा उदयपुरको साउनेमा पुगेपछि तामाङको मुत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि इन्दे्रणीपोखरी लगिएको छ । खोटाङबजारमा पानी बोक्ने ट्यांकी छाडेर पछाडीको डाला बिना फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टरमा चालक तामाङ मात्र सवार थिए ।

    सम्बन्धित समाचार