Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कार्यालयमा अनियमित हुने कर्मचारीको हाजिरीमा नगरपालिकाको रातो मसी

    कार्यालयमा अनियमित हुने कर्मचारीको हाजिरीमा नगरपालिकाको रातो मसी


    • बिहिवार, श्रावण ११ २०८०

    • नेपाल वाइड


    कार्यालयमा अनियमित हुने कर्मचारीको हाजिरीमा नगरपालिकाको रातो मसी
    बिना जानकारी कार्यालय नआउने कर्मचारीको हाजिरी फायल चेक गराउदै मेयर तीर्थ भट्टराई । तस्बिर: चिसाङ शेर्पा

    खोटाङ, ११ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बिना जानकारी कार्यालयमा अनुपस्थित हुने र कार्यालय छाड्ने चार कर्मचारीको हाजिरी फायलमा रातो मसी लगाइदिएको छ ।

    बिना जानकारी कार्यालय नआउने र कार्यालय छोडेर हिँडेको भन्दै नगरपालिकाका आलेप अधिकृत मोहन भट्टराई र अधिकृत छैठौं रामप्रसाद आचार्यको चार चार दिन, लेखापाल नवराज रिजालको एक दिन र अमिन सुमनकुमार देवको सात दिनको हाजिरी फाइलमा रातो मसी लगाइदिएको हो ।

    बिहीबार बिहान १०ः४५ बजे मेयर तीर्थराज भट्टराईले गरेको छड्के अनुगमनका क्रममा बिना जानकारी कार्यालय नआउने र कार्यालय छोडेर हिड्ने कर्मचारीको पहिचान गरेर हाजिरीमा रातो मसी लगाइएको हो ।

    मेयर भट्टराईको निर्देशनमा प्रशासन शाखा सहायक जानुका श्रेष्ठले हाजिरी फायल चेक गर्दै चार जना कर्मचारीको हाजिरीमा रातो मसी लगाई दिएकी हुन् ।

    कार्यालयको नियमन गर्दै नियमित ढंगबाट सेवा प्रवाहका लागि बिना जानकारी कार्यालय नआउने र कार्यालय छोडेर हिड्ने कर्मचारीको हाजिरीमा रातो मसी लगाइएको मेयर भट्टराईले बताए ।

    कतिपय कर्मचारी बेलामा कार्यालय नआउने, आएका कतिपय कर्मचारी कार्यालय समयमा नभेटिने गुनासोपछि मेयर भट्टराईले छड्के अनुगमन गरेका हुन् । मेयर भट्टराईले समयमै कार्यालय आउन र पोशाक अनिवार्य लगाउन निर्देशन दिँदै प्रकृया पुर्‍याएर विदामा बस्न र कार्यालय बाहिर निस्कन कर्मचारीलाई सुझाव दिएका छन् ।

    सम्बन्धित समाचार